ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकालाई ‘सीमा ननाघ्न’ चीनको चेतावनी : एन्टोनी ब्लिन्केनको चीन भ्रमण


एबीसी न्यूज

काठमाडौ १५ बैशाख । चीन भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र समकक्षी वाङ यीसँग भेटवार्ता गर्नुभएको छ । भेटमा अमेरिका र चीनबीचको मतभेदलाई जिम्मेवार ढंगले व्यवस्थापन गर्नुपर्ने विषय प्राथमिकतामा परेको छ ।

चिनियाँ राष्ट्रपतिले अमेरिका र चीन प्रतिस्पर्धी नभइ साझेदार हुनुपर्नेमा जोड दिनुभएको खबरमा उल्लेख छ ।बेइजिङमा राष्ट्रपति सीसँगको भेटअघि चीनका विदेशमन्त्री वाङ यीसँग पनि ब्लिन्केनको भेटवार्ता भएको थियो । चीन–अमेरिका दुई देशको सम्बन्ध अहिले स्थिर रहेको र थप बिग्रन नदिनेबारे उहाँहरुबीच छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।चिनियाँ विदेशमन्त्री वाङले चीनको दृष्टिकोण, अडान र आवश्यकता सँधै एकसमान रहेको बताउनुभयो ।

उनले आफ्ना अमेरिकी समकक्षी ब्लिन्केनलाई चीनको मामिलामा अमेरिकाले ‘सीमा नाघ्न नहुने’ बताएको बीबीसीले उल्लेख गरेको छ । चीन र अमेरिकाबिच अहिले पनि विभिन्न विषयमा तनाव कायमै छ ।
अमेरिकी संसद्ले चिनियाँ स्वामित्व रहेको टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने कानुन पारित गरेको केही दिनमै उहाँले बेइजिङको भ्रमण गर्नुभएको हो । अमेरिकी विदेशमन्त्री ब्लिन्केन एक वर्षभित्र दोस्रो पटक तीन दिने भ्रमणका क्रममा चीन पुग्नुभएको हो ।औपचारिक भेटघाटपछि ब्लिन्केनले यदि चीनले युक्रेनमा आक्रमण गर्न प्रयोग हुने वस्तु रुसलाई आपूर्ति गर्न नरोके अमेरिकाले कदम चाल्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com