ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपन्देहीमा निर्वाचनको तयारी पूरा


ABC NEWS
असार १३, २०७४ मंगलबार   १२ : ५६   बजे

 

बुटवल, १३ असार । रुपन्देहीमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनको तयारी पूरा भएको छ ।

जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा खटाएका कर्मचारी, सुरक्षाकर्मी आवश्यक निर्वाचन सामग्रीसहित कार्यक्षेत्रमा पुगेर काम थालिसकेका छन् । जिल्लामा बुटवल उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका रहेका छन् ।

कुल ८४५ पदका लागि करिब चार हजार ४०० उम्मेदवार चुनावी मैदानमा उत्रिएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख हुमानाथ गौतमले जानकारी दिनुभयो । जिल्लामा ६ प्रमुख र ६ उपप्रमुख, १० अध्यक्ष र १० उपाध्यक्ष, १५५ वडाध्यक्ष, १५५ महिला सदस्य, १५५ दलित महिला सदस्य, ३१० वडा सदस्य र ३८ दलित वा अल्प सङ्ख्यक समुदायबाट स्थानीय तहका पदाधिकारी निर्वाचित हुने छन् ।

जिल्लामा निर्वाचनका लागि चार हजार ४४३ कर्मचारी खटिएका छन् । जिल्लामा दुई लाख २२ हजार १ ११ महिला, दुई लाख ४० हजार ४३० पुरुष र पाँचजना तेस्रो लिङ्गीसहित चार लाख ६२ हजार ५८६ मतदाता रहेका छन् ।

बुधबार हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिनुभयो । जिल्लामा करिब ६ हजार सुरक्षाकर्मी परिचान गरिएको छ । विभिन्न १२ स्थानमा नेपाली सेनाको बम निष्क्रिय पार्ने टोली तयारी अवस्थामा राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

रास्वपा कर्णाली सभापतिमा मदन खड्का निर्वाचित

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

रास्वपाभित्र बढ्दो मतभेदको संकेत, नेतृत्व र सरकारबीच तालमेलमाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group