ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलकुदमा २०८० : क्रिकेटले उचाई चुमेको वर्ष


एबीसी न्यूज
चैत्र ३०, २०८० शुक्रबार  ३ : ०५ बजे

काठमाडौं ३० चैत । १२ वर्षपछि खोलो फर्किन्छ भन्ने उखान २०८० सालमा नेपाली क्रिकेटमा लागु भयो । नेपाली क्रिकेटलाई आईसीसी टी–२० विश्वकपमा छनोट हुन ठ्याक्कै १० वर्ष लाग्यो ।

सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको नेपालले १० वर्षपछि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकप यात्रा तय गर्न सफल भयो । नेपाली क्रिकेटले विश्वकप छनोटसँगै चीनमा भएको १९औँ एसियाली खेलकुद ९एसियाड० मा भारत र श्रीलंका जस्ता बलिया टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रच्यो ।

यू–१९ टोलीको विश्वकप यात्रा र अन्य अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा पनि नेपालको प्रदर्शन उल्लेख्य रह्यो । वर्षको सुरुमा नेपाली क्रिकेटले आइसिसी एकदिवसीय मान्यता जोगाउनु क्रिकेटमा अर्को महत्वपूर्ण क्षण रह्यो । घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनोट भएको नेपालले भारत र पाकिस्तान जस्ता ठूला टोलीसँग ऐतिहासिक प्रदर्शन गर्‍यो ।

नेपाली क्रिकेट मुख्यालय नेपाल क्रिकेट सङ्घ ९क्यान० को निर्वाचन र उक्त निर्वाचनले पूर्व कप्तान पारस खड्कालाई सचिव जस्तो नेतृत्वदायी भूमिकामा निर्वाचित गर्नु नेपाली क्रिकेटका लागि अर्को कोशेढुङ्गा रह्यो । पारसको आगमनसँगै नेपाली क्रिकेटको घरेलु र अन्तर्राष्ट्रिय संरचनामा आमूल परिवर्तन भएको छ ।

वैशाखमा घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनोट भएको नेपालले भारत र पाकिस्तान जस्ता ठूला टिमसँग ऐतिहासिक प्रदर्शन गर्‍यो । एसियाड अन्तर्गत टी–२० क्रिमेटमा सबैभन्दा छिटो शतक र अर्धशतकको कीर्तिमानसहित एकै खेलमा सर्वाधिक रन बनाउने र फराकिलो अन्तरको जितको कीर्तिमान नेपाली क्रिकेट टोलीले बनायो । अन्य खेलको चुलनामा २०८० साल नेपाली क्रिकेटका लागि चलायमान बन्यो ।

एसियाडमा ऐतिहासिक रजत

नेपाली खेलकुदका लागि २०८० साल सहभागिता र उपलब्धिको हिसावले पनि थप महत्वपूर्ण बन्यो । चीनको होङझाओमा असोजमा भएको एसियाडमा नेपालले २९ खेलमा दुई सय ५३ खेलाडी सहभागि गराएको थियो । ठूलो प्रतियोगितामा नेपालले यो अहिलेसम्मकै ठूलो सहभागिता हो ।

उपलब्धिको हिसावले पनि नेपालकी कराते खेलाडी एरिका गुरुङले रजत पदक जित्दै नेपालको इज्जत जोगाउनुभयो । एरिकाले एसियाडमा नेपाललाई ब्यक्तिगत स्पर्धामा २५ वर्षपछि रजत दिलाउनुभएको हो । करातेमा भने नेपालको यो ऐतिहासिक रजत हो ।

यसअघि सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले ब्यक्तिगत रजत जित्नुभएको थियो । एरिकाको रजतसँगै एसियाड महिला कड्डीमा कांस्य र पारा खेलाडी पलेशा गोवर्धनले कांस्य जित्दै नेपालको यज्जत जोगाउनुभयो । एसियाडका नेपालका एथलेटिक्स, भारोत्तोलन र सुटिङका खेलाडीले पनि नयाँ कीर्तिमानसहितको प्रदर्शन गर्न सफल भए ।

वर्षको अन्तिममा पलेशाले चीनमा भएको पेरिस ओलम्पिक एसियाली छनोटमा स्वर्ण जित्दै ओलम्पिक छनोट गर्ने नेपाली पारा खेलाडीको कीर्तिमान रच्नुभयो । वर्षको अन्तिम अर्थात् चैतमा अमेरिकामा आयोजित युएसए ओपन कराते च्याम्पियनसिपमा १८ देखि २१ वर्षको जुनियरमा स्वर्ण र सिनियर खुलामा रजत जित्दै एरिकाले आफुलाई अब्बल भएको प्रमाणित गर्नुभयो । एथलेटिक्समा दिपक अधिकारी र सन्तोषी श्रेष्ठ घरेलु र अन्तर्राष्ट्रिय स्पर्धामा वर्षभर छाउनुभयो ।

फुटबलमा ओरालो यात्रा

मार्सल आर्ट्स, एथलेटिक्स क्रिकेट जस्ता खेलले फड्को मार्दा २०८० सालमा फुटबल खेल मैदानमा भन्दा मैदान बाहिरको राजनितिमा रमायो । एकै वर्ष तीनवटा साधारणसभा सम्पन्न गर्न एक करोड ५० लाख रुपियाँ सकेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले शहिद स्मारक ‘ए’ र ‘बी’ डिभिजन लिग सुरु नै गर्न सकेन ।

विश्वकप छनोट अन्तर्गत बहराइनसँगको खेल घरेलु मैदान दशरथ रङ्गशालामा खेलाउन नसक्नु अर्को कमजोरी रह्यो । फुटबलका ६ दर्जनभन्दा बढी अब्बल खेलाडी देश छाडेर पलायन बन्दा अन्जन विष्टले १३ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी बनाउनुभयो ।

अन्जनले यसअघि हरि खड्का र निराजन रायमाझीको नाममा सर्वाधिक सर्वाधिक १३ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी गर्नुभयो ।वर्षको उत्तरार्धमा महिला फुटबल टोलीले भने वाफ च्याम्पियनसिपमा उपविजेता बन्दै नेपाली फुटबलको थोरै नाक जोगायो । महिला फुटबलमा सावित्रा भष्डारी र प्रिति राईले आफुलाई अब्बल खेलाडीको रुपमा उभ्याउनुभयो ।

महिला क्रिकेटर रुविना क्षेत्री अन्तर्राष्ट्रिय महिला क्रिकेटमा शतक हान्ने पहिलो नेपाली महिला खेलाडी बन्नुभयो । मुआथाई खेलमा नेपालका गुणराज रुचालले थाइल्यान्डमा आयोजना भएको विश्व मुआथाई च्याम्पियनसिपको सेमिप्रो स्पर्धामा स्वर्ण जित्दै नयाँ इतिहास रच्नुभयो ।

यस्तै साहसिक खेलमा पनि नेपाली खेलाडीको प्रदर्शन उच्च रह्यो । रशिला तामाङ र सुनमाया बुढालगायत खेलाडीले अल्ट्रा म्याराथनमा नेपालको सान बढाउनुभयो । नेपाली खेलकुदको निमायक नेतृत्व राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले वर्षौदेखि दुई सय नौ को संख्यामा रहेको राष्ट्रिय खेल सङ्घलाई घटाएर ६१ मा झार्नु अर्को उपलब्धि बनेको छ ।

यसले खेलकुदमा आगामी योजना बनाउन र र्कान्वयन गर्न केही सहज हुने देखिएको छ । प्रतियोगिता आयोजना र सहभागितासँगै ब्यक्तिगत र समूहगत प्रतियोगितामा नेपाली खेलाडीको प्रदर्शन २०८० मा समग्रमा औसत रह्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com