ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्तो थियो तुहिएको किम इल सुङको हत्या योजना..


admin

काठमाडौं, ८ फागुन । गत सेप्टेम्बरमा उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेपछि दक्षिण कोरियाली रक्षामन्त्री सङ योङ मुले किम जोङ उनको हत्या गर्ने उद्देश्यले केही महिनाभित्रै एउटा सैन्य टुकडी गठन गर्ने बताएका थिए। दक्षिण कोरियाले सो टुकडी गठन गर्दैगर्दा मानिसहरुले झण्डै ५० वर्षअघिको एक घटना सम्झिए। सन् १९६८ पनि दक्षिण कोरियाले तत्कालीन उत्तर कोरियाली सर्वोच्च नेता तथा वर्तमान नेता किम जोङ उनका हजुरबा किम इल सुङको हत्याका लागि एक टोली गठन गरेको थियो। तर सो टोलीको योजना रक्तपातपूर्ण विद्रोह र समूहको सम्पूर्ण सदस्यको हत्यामा पुगेर तुहिएको थियो।

वर्षौँसम्म लुकाएर राखिएको यो घटनाको यथार्थ सन् २००६ मा एक आयोगले सार्वजनिक गरेको थियो।

जनवरी १९६८ मा उत्तर कोरियाली कमाण्डो टोलीले दक्षिण कोरियाली राष्ट्रपति भवन ब्लु हाउसमा गरेको असफल आक्रमणको प्रयासपछि दक्षिण कोरियाले किम इल सुङको हत्या गरेर त्यसको बदला लिने योजना बनायो।

यसका लागि सुरुवातमा दक्षिण कोरियाको गुप्तचर एजेन्सीले मृत्युदण्डको सजाय सुनाइएका अपराधीहरुलाई भर्ती गर्ने योजना बनाएको थियो। तर अन्ततः यसमा सामान्य मानिसहरुलाई भर्ती गरिएको २००६ को रक्षा मन्त्रालयको रिपोर्टमा उल्लेख छ। उनीहरुलाई ‘किम इल सुङको बासस्थानमा आक्रमण गर्ने’ जिम्मेवारी सुम्पिइएको थियो।

‘युनिट ६८४’ नाम दिइएको सो समूहमा ३१ सदस्य थिए। तिनलाई तालिम दिएका एक प्रशिक्षक याङ दोङ सुले सो टोलीमा जुत्ता पालिस गर्नेदेखि लिएर सिनेमा हलमा काम गर्ने मानिस सहभागी थिए। ‘उनीहरुलाई खासगरी शारीरिक बनोटका आधारमा भर्ती गरिएको थियो,’ याङ भन्छन्।

याङ त्यसबेला हवाइ सेनामा हवल्दारका रुपमा कार्यरत थिए। २१ वर्षे याङलाई युनिट ६८४ लाई तालिम दिन खटाइएको थियो।

सो टोलीलाई दक्षिण कोरियाको पश्चिमी किनारमा रहेको सिल्मिदो टापुमा राखेर तालिम दिइएको थियो। याङले तिनलाई हातैले आमनेसामने लडिने लडाइँको सीप सिकाउनुपर्ने थियो।

एउटा पुरानो फोटोमा उनी एक मानव खप्पर र हाडको अगाडि उभिइरहेका देखिन्छन्। उनका अनुसार ती हाड मान्छेकै थियो।

‘भर्ती भएकाहरुलाई जीवित रहन आवश्यक सीप मैले सिकाएँ,’ उनी भन्छन्, ‘र सबैभन्दा महत्वपूर्ण सिकाइ थियो, ‘बाँच्नका लागि तिमीले मार्नैपर्छ।’

सिल्मिडो टापुमा रहेका प्रशिक्षक र प्रशिक्षार्थी दुवैले बाहिरी संसारसँग सम्पर्क गर्न प्रतिबन्ध थियो। तालिम क्रुर र निरन्तर थियो।

‘समुद्र पार गर्ने तालिमका क्रममा एक जनाको थकानका कारण मृत्यु भयो,’ याङ सम्झिन्छन्।

वास्तवमा सन् १९६८ देखि १९७१ सम्ममा सो युनिटका ३१ सदस्यमध्ये ७ को मृत्यु भइसकेको थियो। रक्षा मन्त्रालयको रिपोर्टअनुसार दुई जनालाई जिम्मेवारी पूरा नगरेको आरोपमा मृत्युदण्ड दिइएको थियो भने एक जनालाई प्रशिक्षकलाई धम्क्याएको आरोपमा मृत्युदण्ड दिइएको थियो।

तीन जना चाहिँ त्यहाँबाट भागेर एक महिलालाई बलात्कार गरेपछि मारिएका थिए।
सो युनिटले सिल्मिडो टापुमा ३ वर्ष गुजार्‍यो। तर उनीहरुलाई किम इल सुङको हत्याका लागि खटाइएन। भर्ती हुँदाताका उनीहरुलाई दिइएको वचन पूरा गरिएन बरु उनीहरुमाथि दमन र अत्याचार गरियो। रक्षा मन्त्रालयको रिपोर्टअनुसार सिल्मिडो टापुमा पुगेको तीन महिनापछि नै प्रशिक्षार्थीहरुलाई तिनका कमाण्डरले तलब दिन छोडेका थिए र एकदमै खराब खान्की दिन थालेका थिए।

२३ अगस्ट १९७१ का दिन किम इल सुङको हत्या गर्न तयार गरिएको यो दस्ता आफ्नै कमाण्डरहरुतर्फ फर्कियो। याङका अनुसार त्यो दिन उनी आवश्यक आपूर्तिको व्यवस्था मिलाउन मुख्यभूमि जाने तयारी गर्दै थिए, उनले गोली पड्केको आवाज सुने। ‘सुरुमा त मैले टापु कब्जा गर्न उत्तर कोरियाली फौजले आक्रमण गरेछ भन्ठानेँ,’ उनी भन्छन्।

तर लगत्तै युनिटका एक सदस्यले याङमाथि नै गोली चलाए। गोली उनको पछाडिको घाँटीबाट प्रवेश गरेर देब्रेतिरबाट निस्कियो। अहिले ६८ वर्ष पुगेका याङको घाँटीमा गोलीको खत अझै प्रस्ट देखिन्छ।

‘म होसमा आउँदा मेरो घाँटीबाट रगत बगिरहेको थियो र युनिटका सदस्यहरुले प्रशिक्षकहरुलाई मारिरहेका थिए,’ याङ भन्छन्। याङले आफू घिस्रेर ढुंगाको कापमा लुकेको अनि तिनले आफूलाई नभेटुन् भनेर ईश्वरसँग प्रार्थना गरेको बताउँछन्।

युनिटका सदस्यले उनलाई भेटेनन्। तर तिनले अन्य १८ प्रशिक्षकको हत्या गरे। त्यतिमै ती रोकिएनन्। उनीहरु मुख्यभूमि पुगे र एउटा बस अपहरण गरेर राजधानी सोलतिर लागे। बाटोमा उनीहरुको सैनिक र प्रहरीसँग भीडन्त भयो। दर्जनौँ सैनिक र आम नागरिक मारिए।
अन्ततः बसमा भएको विस्फोटमा युनिटका २० सदस्य मारिएपछि यो भीडन्त अन्त्य भयो। चारजना विस्फोटबाट बच्न सफल भए। तिनलाई गुपचुपको सुनुवाइपछि १० मार्च १९७२ मा मृत्युदण्ड दिइयो।
मृत्युदण्डपछि तिनको शव आफन्तलाई समेत दिइएन।

यही गल्ती नदोहोर्‍याउन अहिले भने दक्षिण कोरियाले किम जोङ उनको हत्या गर्ने उद्देश्य गठन गरेको टोलीमा तालिमप्राप्त सैनिकलाई मात्र भर्ती गरिएको छ। त्यसलाई सुविधासम्पन्न बनाउन आगामी केही वर्षमा ५ करोड डलरको बजेट खर्च गरिने जनाइएको छ।

यो भयानक असफलतालाई लुकाउन युनिट ६८४ को नेतृत्व सम्हालेका वायुसेनाका कमाण्डरहरुले सम्बन्धित सम्पूर्ण कागजात जलाए।

दक्षिण कोरियामा सन् २००३ मा यही घटनामा आधारित ‘सिल्मिडो’ नामक फिल्म प्रदर्शनमा आयो। जसमा सोही टापुमा उस्तै ब्यारेक निर्माण गरिएको थियो।

याङ भने बच्न सफल भए। त्यस यता उनले ३० वर्ष विभिन्न स्कुलमा पढाए। उनले युनिट ६८४ का बारेमा संस्मरण पनि प्रकाशित गरेका छन्।

यो रक्तपातका लागि उनी कसैलाई पनि दोष दिन चाहँदैनन्। ‘तिनलाई विद्रोही भनिनु हुँदैन । उनीहरु त पीडित थिए,’ उनी भन्छन्, ‘ती युवा थिए, जसलाई बलिमा चढाइएको थियो।’

‘मजस्ता प्रशिक्षक पनि पीडित नै थियौँ,’ उनी भन्छन्।

सिएनएनबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com