ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले बेइजिङमा आज भेट्न लागेका सी निकट वरिष्ठ नेता


एबीसी न्यूज

काठमाडौं १२ चैत ।  साताव्यापी भ्रमणका लागि चीनको राजधानी बेइजिङ आइपुगेका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको आफ्ना चिनियाँ समकक्षीका अलावा सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेतासँग पनि भेटवार्ता हुने भएको छ।

सत्तारुढ माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले बेइजिङमा उत्रेकै दिन सोमबार साँझ चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी०को स्थायी समितिका सदस्य वाङ हुनिङसँग भेटवार्ता गर्दै छन्।

चीनको शासनमा सबैभन्दा शक्तिशाली निकाय चिनियाँ कम्युनिस्ट पार्टीको सात सदस्यीय स्थायी समितिका एक सदस्य वाङ पार्टीभित्र प्रमुख विचारक नेता मानिन्छन्, जो राजकीय जिम्मेवारीमा समेत शीर्षस्थानमा छन्। उनी चिनियाँ सरकारलाई सल्लाह प्रदान गर्ने चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स( सीपीपीसीसी० का अध्यक्ष हुन्।

 

चिनियाँ शासन व्यवस्थाअनुसार सीपीपीसीसीले सरकारलाई परामर्श दिने काम त गर्छ नै, त्यसबाहेक संयुक्त मोर्चाको भूमिकामा समेत यो निकाय रहेको छ। सीपीपीसीसीमा सत्तारूढ सीपीसीसहित चीनका आठ वैधानिक राजनीतिक दलका प्रतिनिधिहरू रहेका छन्।

सन् २०१७ देखि पार्टीको स्थायी समितिमा स्थान बनाएका वाङ दुई वर्षअघि सम्पन्न सीपीसीको बीसौँ महाधिवेशनबाट स्थायी समितिको पाचौँ नम्बरमा उक्लेका हुन्।

सीपीसीभित्र उनीभन्दा अगाडिको वरीयतामा राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली चिङ र राष्ट्रिय जनकंग्रेसका अध्यक्ष झाओ लेजी मात्र छन्।

सीपीसी स्थायी समितिका सदस्यहरूको राष्ट्रपति एवं पार्टी महासचिव सी चिनफिङसँग सोझो सम्पर्क हुन्छ। त्यसबाहेक राष्ट्रपति सीका विचारहरूलाई समृद्ध र विकसित बनाउनसमेत वाङको भूमिका महत्त्वपूर्ण रहेको मानिन्छ, जसले गर्दा राष्ट्रपति सीसँग उनी विशेष निकट छन्।

राष्ट्रपति सीले अघि सारेको तथा चिनियाँ परराष्ट्र नीतिको अभिन्न अंग बनेको बेल्ट एण्ड रोड इनिसियटिभ ९बीआरआई० परियोजना, ‘चिनियाँ सपना’ योजना निर्माणमा स्थायी समिति सदस्य वाङकै बढी योगदान रहेको मानिन्छ।

प्राध्यापन पेशाबाट सक्रिय राजनीतिमा आएका वाङले प्राज्ञिक कामको सिलसिलामा सन् १९९० को दशकमा केही समय अमेरिकामा बिताएका थिए। अमेरिकामा हासिल गरेको अनुभवका आधारमा उनले लेखेको ‘अमेरिका अगेन्स्ट अमेरिका’ ९अमेरिकाविरुद्ध अमेरिका० पुस्तक चीनमा निकै चर्चित छ।

विदेशमन्त्री वाङ यी भने सीपीसीको पोलिटब्यूरो सदस्य र स्टेट काउन्सिलर छन्।  बेइजिङको दियोताई स्टेट गेस्ट हाउसमा उपप्रधानमन्त्री श्रेष्ठले सोमबार साँझ स्थायी समिति सदस्य वाङसँग करिब एक घण्टा भेटवार्ता गर्नेछन्। अपरान्ह ५।१० बजेका लागि तय गरिएको भेटवार्ता ६।१० सम्म चल्नेछ।  चिनियाँ र नेपाली नेताको भेटवार्ता दियोताई सरकारी अतिथि गृहमा हुनेछ।

स्थायी समिति सदस्य वाङसँग सोमबार साँझ भेटवार्ता सकेपछि श्रेष्ठले सीपीसीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सन हायनसँग डिनर मिटिङ गर्ने तय भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com