ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री – शक्तिखोर औद्योगिक क्षेत्र आगामी बजेटमा सम्बोधन हुन्छ


एबीसी न्यूज
चैत्र १२, २०८० सोमबार  १ : ०६ बजे

काठमाडौं १२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगिक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका छन् ।

कालिका नगरपालिकाका मेयर विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सो आश्वासन दिएका हुन् ।

प्रचण्ड नै प्रधानमन्त्री रहेको बेला ३ फागुन २०७३ को मन्त्रिपरिषद् बैठकले तत्कालीन नेकपा ९माओवादी०का लडाकुहरुको तेस्रो डिभिजन बसेको शक्तिखोर क्षेत्रलाई औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो । सरकारले विस्तृत अध्ययन प्रतिवेदन ९डीपीआर० तयार पारेर स्वीकृत गराई परियोजना अगाडि बढाउने जिम्मेवारी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई दिए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।

पूर्व–पश्चिम राजमार्गको रत्ननगरबाट १० किलोमिटर उत्तरमा पर्ने शक्तिखोरमा औद्योगिक क्षेत्र खोल्न सहजीकरण गरिरहेको उद्योग संघ, चितवनमा १०८ कम्पनीले फर्म दर्ता गराएका छन् । डीपीआरअनुसार प्रस्तावित औद्योगिक क्षेत्रको कुल १९ सय ४१ बिघामध्ये ७२३ बिघामा उद्योगहरु खुल्नेछन् । ३२४ बिघामा व्यावसायिक भवन र ६५ विघामा आवासीय भवनहरु बनाउने योजना छ । बाँकी सबै हरियाली क्षेत्र रहने डीपीआरमा उल्लेख छ ।

तर सरकारी निकायबीच समन्वय नहुँदा औद्योगिक क्षेत्र निर्माणको काम अलपत्र छ ।

आज बिहान कालिकाका मेयर विनोद रेग्मीसहितको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर शक्तिखोर औद्योगिक क्षेत्र स्थापनाका साथै समग्र कालिकाको विकास र समृद्धि तथा समावेशी शिक्षालगायत विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको थियो । त्यसपछि प्रधानमन्त्री प्रचण्डले औद्योगिक क्षेत्र स्थापनाको विषय आगामी बजेटमा सम्बोधन गर्ने आश्वासन दिएको मेयर रेग्मीले बताए ।

भेटघाटमा त्रिशूली डाइभर्सन, सामान्नीकरण अनुदान, समावेशी स्कुल स्थापनालगायत समग्र नगरको विकासका विषयमा प्रधानमन्त्री दाहालसमक्ष पहलकदमीका लागि अनुरोध गरिएको मेयर रेग्मीले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा कालिकाका मेयर रेग्मीसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमान पुन, नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल, एमाले केन्द्रीय सदस्य कपिल पोखरेल, समावेशी शिक्षाविज्ञ तथा अभियन्ता डा। बाबुराम ढुङ्गाना, बहिरा महासङ्घका निवर्तमान अध्यक्ष केपी अधिकारीलगायत सहभागी थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको परमाणु भण्डार कब्जा गर्ने सैन्य कारबाहीको तयारीमा अमेरिका !

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना: कसको कति मत?

सम्बन्धित

इरानको परमाणु भण्डार कब्जा गर्ने सैन्य कारबाहीको तयारीमा अमेरिका !

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना: कसको कति मत?

सशस्त्र विद्रोहदेखि जेनजी विद्रोहसम्मः माओवादीको उतारचढाव, चौथो शक्तिमा संकुचन

अमेरिकाद्वारा हर्मुज नजिक इरानी बारुद बिछ्याउने १६ जहाजमा आक्रमण, मध्यपूर्व युद्ध थप चर्किँदै

कम्युनिष्ट नमिल्दा २३ सीटमा घाटा : कहाँ–कहाँ रोकिन्थ्यो रास्वपा र कांग्रेस? (मत विश्लेषण)

झन्डै दुईतिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com