ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भियतनामी राष्ट्रपतिले पार्टी आचारसंहिता उल्लंघन गरेका कारण राजीनामा गर्न बाध्य


एबीसी न्यूज
चैत्र ७, २०८० बुधबार  ९ : १४ बजे

 

काठमाडौं ७ चैत । राष्ट्रपति भो भान थुङको गल्ती के होभ न्ने स्पष्ट नभएपछि उनको राजनिामाले भियतनामका नेताहरू बीचको आन्तरिक शक्ति संघर्षलाई सतहमा ल्याएको छ ।
भियतनामका राष्ट्रपति भो भान थुङले कम्युनिष्ट पार्टीको नियम उल्लङ्घन गरेपछि राजिनामा दिएको सरकारी मिडियाले जनाएका छन् । यो एक वर्ष भन्दा कम समयको बीचमा यसरी राजीनामा गर्ने उनी दोस्रो राष्ट्रपति हुन् । राष्ट्रपति भो भान थुङले के गल्ती गरेका थिए भन्ने विवरण बाहिर आएका छैनन् ।

भियतनाममा राष्ट्रपति पद नेतृत्व समूहको एक हिस्सा हो (जसमा कम्युनिष्ट पार्टीका नेता(महासचिव), प्रधानमन्त्री र संसदको सभामुख समावेश छन् ) यही समूहले नै भियतनाममा शासन गर्दछ । राष्ट्रपति पद भियतनामको संवैधानिक व्यवस्था अनुसार अलंकारिक हो ।
थुङको राजीनामाले एकता र स्थिरतामा गर्व गर्ने एकदलीय प्रणालीका धेरै अधिकारीहरूलाई निरुत्साहित गर्ने सम्भावना रहेको पश्चिमी मिडियाले टिप्पणी गरेका छन् । ५३ वर्षीय थुङ, भियतनामी आधुनिक इतिहासमा सबैभन्दा कान्छो राष्ट्रपति हुन् । ७९ वर्षीय ट्रोङको सम्भावित उत्तराधिकारीको रूपमा उनी देखिएका थिए । ट्रोङले उनलाई सिफारिस गरेका थिए ।

‘दुई वर्ष भित्र दुई राष्ट्रपतिले राजीनामा दिएको तथ्य मात्र राजनीतिक स्थायित्वको लागि प्रायः प्रशंसा गरिएको देशको लागि सकारात्मक संकेत होइन’ सिंगापुरको अनुसन्धान संस्था आइएसइएस (युसुफ इशाक इन्स्टिच्युट) का भिजिटिङ्ग फेलो न्गुएन खाक जियाङले भनेका छन् । थुङको राजीनामाले २०२६ मा अर्को नेतृत्वलाई हस्तान्तरण गर्नु अघि कम्युनिष्ट पार्टी भित्रको शक्ति संघर्षको ‘तीव्र अवधिको सङ्केत’ गरेको न्गुएनले बताए।
भियतनामको कम्युनिष्ट पार्टीले देश एकीकरण भएको झण्डै पाँच दशकदेखि देशमा शासन गरिरहेको छ। २०२१ मा, ट्रोङलाई अभूतपूर्व तेस्रो पाँच वर्षको कार्यकालको लागि महासचिवको रूपमा पुनः नियुक्त गरिएको थियो । त्यसो गर्नुमा पार्टी नेताहरूले उनी उत्तराधिकारी हुने कुरामा सहमतिमा पुग्न असफल भएका थिए ।

भियतनामले संयुक्त राज्य अमेरिका र चीनबीचको नाजुक सवन्धका लागि सन्तुलन कायम गर्ने बारेमा प्रशंसा हुने गरेको छ ।
आफ्नो छोटो कार्यकालमा, राष्ट्रपति थुङले धेरै विश्व नेताहरूसँग भेटेका थिए । उनले राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङ लगायत विश्वका प्रमुख नेताहरुलाई भेट्ने अवसर मिल्ने कारण भियतनाम, एसियाको सबैभन्दा द्रुत बृद्धि हुने अर्थतन्त्रको पावर हाउस भएकोले हो । तर हालैका वर्षहरूमा भियतनाममा जम्मा भएका विदेशी लगानीकर्ताहरूलाई यस देशले स्थिर राजनीतिक वातावरण प्रदान गरेको छ भनी विश्वास गर्दै यस परिवर्तनले डराउन सक्छ।

धेरै विश्लेषकहरूले भ्रष्टाचार विरोधी अभियानको नतिजा मिश्रित रहेको बताएका छन्। रातो टेप र घूसखोरी घटेको देखिए पनि निर्णय प्रक्रियामा सुस्तता देखिएको बताइएको छ । भ्रष्टाचार र अनियमितता २०२० देखि, लगभग ४० हजार सार्वजनिक पद ओगटेका अधिकारी र कर्मचारीहरूले राजीनामा दिएका छन् ।
विश्लेषकले जियाङले भ्रष्टाचारको आरोपमा राष्ट्रपति थुङ राजीनामा दिन बाध्य भएको हुनसक्ने बताए।
‘अन्ततः, दुई राष्ट्रपतिको जबरजस्ती राजीनामाले स्पष्ट सन्देश भियतनाममा कोही पनि सुरक्षित छैनन्’ भन्ने हो भन्ने विश्लेषकहरुले ठहर गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

सम्बन्धित

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

जेनजी आन्दोलनमा फरार अभियुक्तको तीन महिने राजधानी आतंक, मुख्य योजनाकार गोली लागेर पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com