ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वर्णिम वाग्ले- भन्सारलाई राजस्व संकलनको होइन, उद्योग–व्यापार प्रवर्धनको केन्द्र बनाऊँ


एबीसी न्यूज

काठमाडौं ६ चैत । सांसद् डा.स्वर्णिम वाग्लेले भन्सारलाई राजस्व संकलनको केन्द्र होइन, उद्योग व्यापार प्रवर्धन गर्ने थलो बनाउनुपर्ने बताएका छन् । मंगलवार प्रतिनिधिसभामा भन्सार विधेयकका विषयमा धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

‘कस्ता स्वदेशी उद्योगको प्रवर्धन गर्ने र कस्ता विदेशी वस्तुको आयातलाई नियमन र नियन्त्रण गर्ने भन्ने विषय फरक फरक हुन्,’ उनले भने, ‘राजस्व संकलन केन्द्रका रुपमा रहेको भन्सारको मान्यतामा परिवर्तन आवश्यक छ ।’

नेपालले विश्वसमुदायमा गरेको प्रतिबद्धताअनुरुप यो भन्सार ऐन पहिल्यै आउनुपर्नेमा अहिले बल्ल आएको उनले बताए ।

‘अन्तर्राष्ट्रिय सम्झौताहरुमा उल्लेख भएअनुसारका व्यवस्था कार्यान्वयन हुन सकेको अवस्थामा व्यापारजन्य लागत १५ देखि २० प्रतिशत घट्ने र व्यापारको आकार पनि बढ्छ भन्ने अध्ययनहरुले देखाएका छन्,’ उनले भने, ‘तर, नेपालमा भन्सार बदनाम छ । मालदार अड्डाका रुपमा चिनिन्छ । सेटिङ, चुहावट, तस्करी, करछली, अवैध व्यापारको पर्याय नै बनेको छ ।’

त्यसो हुँदा महासन्धिहरुमा भएको सैद्धान्तिक अवधारणा र भन्सारमा हुने यथार्थ क्रियाकलापबीचको तादात्म्य मिलाउनुपर्ने उनले बताए । उद्योगी व्यवसायीहरु हैरान हुने, उपभोक्ताहरु सास्तीमा फस्ने विषयलाई निराकरण गर्ने गरी संशोधनमा जानुपर्ने उनले बताए ।

‘डिजिटलाइसेलनको भरपूर उपयोग गरेर भन्सार नाकाहरुलाई ‘आइल्यान्ड अफ एक्सिलेन्स’ ९उत्कृष्टताको टापु०कै रुपमा अघि बढाउनुपर्ने हुन्छ’ उनले भने ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com