ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छोरीको मृत्युपछि माइतीपक्षले घरमा आगो लगाउदा सासूससुराको जलेर मृत्यु


एबीसी न्यूज

काठमाडौ ६ चैत ।भारतको उत्तर प्रदेश राज्यको प्रयागराजमा नवविवाहित महिलाको मृत्युपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ । सोमबार प्रयागराजको मुट्ठीगञ्ज क्षेत्रमा नवविवाहित आंशिका केसरवानीको शव घरमै झुण्डिएको अवस्थामा फेला परेको थियो । धुमनगञ्जको झलवा निवासी आंशिकाको विवाह मुट्ठीगञ्जका व्यापारी अंशुसँग भएको थियो । आंशिकाको मृत्युको खबर सुनेपछि उनको घरमा पुगेका माइती पक्षले घरमै आगो लगाइदिएको हो ।

आगजनीमा आंशिकाका सासूससुराको मृत्यु भएको छ ।दाइजोको निहुँमा आंशिकालाई यातना दिइएको माइती पक्षको आरोप छ । आगजनी गर्नुअघि दुई पक्षबिच विवाद र झडपसमेत भएको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।प्रयागराजका डीसीपी दीपक भूकरका अनुसार प्रहरीलाई सोमबार राति ११ बजे आंशिकाले आत्महत्या गरेको सूचना आएको थियो । प्रहरी घटनास्थलमा पुग्दा दुई पक्षबिच विवाद भइरहेको बताइन्छ ।

तर यस बिचमै माइती पक्षले घरको ढोका बाहिरबाट बन्द गरेर आगो लगाइदिएको थियो । आगो नियन्त्रणमा लिइसकेपछि भित्र हेर्दा दुई जनाको शव फेला परेको प्रहरीको भनाइ छ । मृतकहरु आंशिकाकै सासूससुरा रहेको प्रहरीले जनाएको छ ।दुवैको शव परीक्षणका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com