ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिप दुर्घटनामा एक जनाको मृत्यु


एबीसी न्यूज

काठमाडौं ५ चैत । दाङमा यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बबई गाउँपालिका–१ को गंगटेबाट तुलसीपुर आउँदै गरेको लु १ ज १४२७ नम्बरको जिप भाङबारी नजिकै उकालोमा चढ्न नसकेर दुर्घटना हुँदा ६ जना घाइते हुनुभएको छ ।

दुर्घटनामा गम्भीर घाइते बबई गाउँपालिका–१ निवासी ४५ वर्षका जितबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ । प्रहरी नायब उपरिक्षक मल्लका अनुसार बुढाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते जिप चालक बबई गाउँपालिका–१ निवासी ४७ वर्षका लोकबहादुर रानालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । प्रहरी नायब उपरीक्षक मल्लका अनुसार दुर्घटनामा बबई गाउँपालिका–१ निवासी ५० वर्षीय जोगबहादुर बुढा, १७ वर्षीया तारा सारु मगर, ३२ वर्षीया सङ्गीता बुढा, ४० वर्षीया वन्दना बुढा र सल्यान जिल्ला शारदा नगरपालिका–९ निवासी ५० वर्षीया नन्दकली थापा घाइते हुनुभएको छ ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । प्रहरी नायब उपरीक्षक मल्लले भन्नुभयो, ‘‘बबई गाउँपालिकाको गंगटेबाट यात्रु लिएर तुलसीपुरतिर आउँदै गरेको जिप भाँगोदुला नजिकै उकालोमा तान्न नसकेर ब्याक हुँदा दुर्घटनामा परेको थियो ।’’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com