ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला लिगको पहिलो चरण सुर्खेतमा हुने, ७ प्रदेशले प्रतिस्पर्धा गर्ने


एबीसी न्यूज
फाल्गुन २२, २०८० मंगलबार  १ : २९ बजे

काठमाडौं २२ फागुन । अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा गर्ने भएको छ ।

सोमबार बसेको एन्फाको बैठकले महिला लिग फुटबलको आयोजना बारे योजना बनाउँदै मिति सार्वजनिक गरेको हो ।

एन्फाको नियमित साधारण सभाले पारित गरेको वार्षिक क्यालेन्डर अनुसार एन्फाले दुई चरणमा महिला फुटबल लिग गर्दैछ ।

जसमा पहिलो चरणको खेल २३ चैत देखि कर्णाद्यी प्रदेशको सुर्खेतमा सुरु हुने एन्फाले जनाएको छ ।

एन्फा महासचिव किरण राईले यो लिगको पहिलो चरण रहेको र मुख्य लिगका लागि यो प्रतियोगिता छनोटको रुपमा रहने जानकारी दिए ।

सुर्खेतमा हुने प्रतियोगितामा सात प्रदेशको टिमले भाग लिनेछन् । यो सिंगल राउण्ड रोविनका आधारमा हुने र शीर्ष तीन टोली मुख्य लिगमा छनोट हुने राईले बताए ।

यस बारे विस्तृत विवरण र खेलतालिका केही समयमा सार्वजनिक हुने राईले जानकारी दिए ।

एन्फाले आयोजना गर्ने प्रतियोगितामा कर्णाली प्रदेश फुटबल संघ र सुर्खेत जिल्ला फुटबल संघ सहआयोजकका रुपमा रहनेछन् ।

सोमबार सातै प्रदेश फुटबल एशोसिएसनसँग छलफल गरेपछि एन्फाले प्रतियोगिता गर्ने मिति तय गरेको हो ।

आगामी मे(जुनमा हुने मुख्य लिगमा पहिलो चरणबाट छनोट भएका ३ र तीन विभागीय टोली गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

एन्फाले सहभागी टोलीलाई आवश्यक तयारी र टिम छनोटका लागि नगद एक लाख प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै कर्णाली खेलकुद विकास समितिबाट पनि आर्थिक सहयोग माग्ने निर्णय गरेको छ । कर्णाली खेलकुद विकास परिषद्ले प्रतियोगिताको लागि समन्वय गर्ने एन्फाले जनाएको छ ।

यसैगरी एन्फाले च्यासलमा रहेको च्यासल रंगशालमा महिला युथ इलाइट एकेडेमी स्थापना गर्ने निर्णय पनि गरेको छ । जहाँ महिला यू(१६ टिमका खेलाडी र टिममा नपरेका अन्य खेलाडीहरु छनोट गरेर राखिने एन्फा महासचिव किरण राईले जानकारी दिए । ‘मिसन फिफा वुमन्स विश्वकप २०२७र३१ को तयारी स्वरुप यो एकेडेमी स्थापना गर्न लागिएको हो । यो राष्ट्रिय टिमको ब्याकअफ तयार पार्ने स्थान पनि हुनेछ,’ राईले भने । त्यसमा ३० देखि ४० खेलाडी छनोट गरेर राख्ने राईले जानकारी दिए ।

यस्तै रौतहटमा पनि महिला एकेडेमी सञ्चालन गर्ने त्यसमा यू१४ लेभलको ३० खेलाडी राख्ने एन्फाको योजना छ ।

यस्तै एन्फाले धरान, बुटवल र मकवानपुरको सिस्नेरीस्थित बात्सला देवी सेकेण्डरी स्कुलमा पुरुष फुटबल सञ्चालन गर्ने विषयमा पनि छलफल गरेको छ । हरेक एकेडेमीमा करिब ३० खेलाडी राख्ने एन्फाको योजना छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुशासनको नारामाथि प्रश्न : गृहमन्त्रीको सम्पत्तिले सामाजिक तरंग

नयाँ वर्ष २०८३ : सूर्य मेषमा प्रवेश गर्दा किन जाग्छ नयाँ उमंग ?

सम्बन्धित

सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा, प्रमुख दलबाट सुझाव माग (पूर्णपाठ)

नयाँ वर्षमा प्रधानमन्त्री बालेनको कामना : सबैको जीवनमा सुख र आरोग्य छाओस्

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै

नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् – ओेली

आईपीएल क्रिकेटमा हैदराबादले राजस्थानलाई हरायो

यी हुन् समाज कल्याण परिषद्को भाडा नतिर्ने २० संघ संस्था, ऋषि धमलाले नै ७३ लाख तिरेनन् (सूचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com