ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाद्वारा रुसमाथि थप पाँच सयभन्दा धेरै नयाँ प्रतिबन्धको घोषणा


एबीसी न्यूज

काठमाडौ १२ फागुन । अमेरिकाले रुसविरुद्ध थप पाँच सयभन्दा धेरै नयाँ प्रतिबन्धको घोषणा गरेको छ । व्यक्ति र संस्थाहरूमाथि गरी पाँच सयभन्दा धेरै प्रतिबन्ध गरिएको हो । रुसले युक्रेनमाथि गरेको आक्रमण तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमै भएको मृत्युलाई लिएर ती प्रतिबन्धहरू घोषणा गरेको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले प्रतिबन्ध नभाल्नीलाई जेल हाल्ने कार्यमा सहायक बनेका तथा युद्ध मामिलामा संलग्न भएकाहरूमाथि केन्द्रित रहेको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । व्यक्तिगत वा संस्थागत गरी झण्डै सय जतिलाई निर्यातमा प्रतिबन्ध लगाइएको छ ।

अमेरिकाका पछिल्लो प्रतिबन्धले रुसी अर्थतन्त्रमा कस्तो प्रभाव पर्न सक्छ भन्ने स्पष्ट नरहेको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति बाइडनले युक्रेन आक्रमण र देशभित्रै भइरहेको दमनका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अझ ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन ।रुसी विपक्षी नेता नभाल्नीको जेलमा निधन भएको एक हप्तापछि अमेरिकाले यी प्रतिबन्धको घोषणा गरेको हो ।

यस्तै युरोपेली सङ्घ ९ईयू०ले पनि रुसलाई अस्त्र खरिदमा सहयोग गरेका वा युक्रेनी बालबालिकालाई अपहरण गर्नेलगायतका कार्यमा संलग्न भएका भन्दै झण्डै दुई सय व्यक्ति र कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com