ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालिका मन्दिरमा चढाइयो  तीन सय तीन तोलाका गरगहना


एबीसी न्यूज

काठमाडौं ४ फागुन ।      गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बागलुङ कालिका मन्दिरमा चढाइएको सुन तथा चाँदीका गरगहना सार्वजनिक गरिएको छ ।
बागलुङ कालिका गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक गर्दै २०७८ असोज १२ देखि हालसम्म ३० प्रकारका तीन सय तीन तोलाका विभिन्न गरगहना सङ्कलन भएकोे जनाएको हो । उक्त मन्दिरले मासिकरुपमा आयव्यय विवरणसमेत सार्वजनिक गर्दै आएको छ । गुठीका अध्यक्ष कुमार खड्काले मन्दिरप्रति जनताको विश्वास बढाउने र पारदर्शी हुने लक्ष्यले उक्त जिन्सी सार्वजनिक गरिएको बताउनुभयो ।
सार्वजनिक विवरणअनुसार गुठीले  ३० भन्दा बढी प्रकारका गरगहना सार्वजनिक गरेकामा १७ थान सुनको तिलहरी, एक थान सुनको सिक्री, सात थान सुनको टीका, तीन थान मुन्द्रा, सुनको चन्द्रमा, सुनको फुली, प्रतिमा, सिक्का, जन्तर, नाग र तारलगायत छन् ।
त्यस्तै चाँदीमा तिलहरी, घोडा, औँठी, पाउजुजस्ता धेरै गहना मन्दिरमा चढाइएको थियोे । विसं २०७७ अघि मन्दिरमा चढाइएका गहना जिल्लास्थित मालपोत कार्यालयमा बुझाउनु पथ्र्योे । त्यसयता दुई पटकसम्म गरगहना सार्वजनिक भइसकेको उहाँको भनाइ थियो । विसं २०७७ यताका गरगहना बैंकको लकरमा राख्दै आइएकामा सुन र चाँदीका गरगहना सार्वजनिक कार्यक्रमै  एकीकृत गर्न गालिएको थियो ।
विसं २०७८ असोजयता सङ्कलन भएका सुन र चाँदीका गरगहनालाई गालेर तीन तोला ४५ लाल सुन र ३०० तोला ११ लाल चाँदी कायम गरेर बैंकमा दाखिला गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो
“गुठी संस्थाने सङ्कलन भएका गरगहना एकीकृत गरेर राख्नु भनेपछि गालेर बैंकमा राख्न थालिएको छ, साना टुक्रा र टीकाजस्ता सुनका गरगहना राख्न असहज हुनेभएकाले गालेर एकमुष्ट राख्न थालिएको छ”, उहाँले भन्नुभयो, “बैंकको लकरमा सुरक्षिता राखिँदै आइएको छ, गुठी संस्थाले उक्त सुन र चाँदीलाई के गर्ने भनेर निर्णय गर्ला तर मन्दिरको पारदर्शिताका लागि गरगहना सरोकारवाला निकायको रोहवरमा पत्रकार सम्मेलनमार्फत सर्वाजनिक गर्र्दै आइएको छ ।” कालिकाको पूजा गर्न आउने भक्तजनले फूलप्रसादबाहेक सुन र चाँदीसहित अन्य धातुका गरगहना पनि चढाउने गर्छन् ।
मन्दिरमा चढाइने भेटी भने हरेक दिन र मासिक सार्वजनिक गर्ने चलन छ । हरेक दिन भेटी बेलुकी सार्वजनिक बोर्डमा लेख्ने र मासिकरुपमा पत्रकार सम्मेलन गर्ने चलन रहेको छ ।
माघमा १९ लाख भेटी सङ्कलन
माघ महिनामा उक्त गुठी व्यवस्थापन समितिले कूल रु १९ लाख ७२ हजार ८० आम्दानी गरेकामा रु २० लाख ३४ हजार आठ सय ६० रुपैयाँ खर्च भएको आम्दानी–खर्च विवरणमा उल्लेख छ ।
माघ महिनामा आम्दानीतर्फ भेटीबाट रु १० लाख ८९ हजार तीन सय ६५, चामलबाट रु १६ हजार पाँच सय, बोकाबाट दुई हजार, कुखुराबाट रु दुई सय, सटर भाडाबाट  रु तीन लाख १४ हजार चार सय आम्दानी भएको उल्लेख गरिएको छ । यसैगरी विवाहबाट रु ११ हजार पाँच सय, आर्थिक सहयोगबाट रु  ८३ हजार आठ सय ६५, परेवाबाट रु चार लाख ४५ हजार दुई सय ५० रुपैयाँ, व्रतबन्धबाट रु नौ सय, पण्डितबाट रु आठ हजार एक सय आम्दानी भएको उल्लेख छ ।
खर्चतर्फ तलबभत्तामा रु तीन लाख ५७ हजार नौ सय, अतिथि सत्कारमा रु नौ हजार नौ सय ६०, पूर्वाधार विकास तथा निर्माणमा रु  १४ लाख १५ हजार, पूजामा रु ६२ हजार, पोसाक छपाइ तथा वितरणमा रु  ३० हजार, मेसिनरी तथा उपकरण खरिदमा रु  ३१ हजार, खाद्यान्न तथा आवासमा रु  ४१ हजार चार सय, मर्मतसम्भारमा रु  २५ हजार, विज्ञापनमा रु  दुई हजार र सांस्कृतिक कार्यक्रम तथा भजनमा रु  ६१ हजार छ सय खर्च भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
(((

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com