ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुम पश्चिममा संचालिन भएको छैटौं मौराखारा म्याराथन पुरुष तर्फको उपाधि सोलुखुम्बुका अर्जुन राईलाई


एबीसी न्यूज
फाल्गुन १, २०८० मंगलबार  ५ : ०२ बजे

काठमाडौं १ फागुन ।    रुकुम पश्चिमको सानीभेरी गाँउपालिकामा आयोजित छैठौ राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन पुरुष तर्फको उपाधि सोलुखुम्बुका धावक अर्जुन राईले जितेका छन् । पुरुष तर्फको निर्धारित ४८ किलोमीटरको दुरी ४ घण्टा ४० मिनेटमा पार गर्दै राईले गुरिल्ला म्यारथनको उपाधि हात पार्न सफल भएका हुन।

त्यस्तै रुकुम पुर्वका शक्तिराम रोकाले ४ घण्टा ५३ मिनेटमा उक्त दुरी पार गर्दै दोस्रो स्थान हात पारेका छ्न । ५ घण्टा ०१ मिनेटमा निर्धारित दुरी पार गर्दै सानीभेरी गाउँपालिका (३, का भुवन ओली तेस्रो छन ।
पुरुष म्याराथन तर्फ प्रथम हुनेले १ लाख, दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ४५ हजार र चौथो हुनेले १५ हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् । साथै दशौ स्थान सम्म आउने धावकहरुले ३ हजारका दरले पुरस्कार र प्रमाणपत्र प्रदान गरेको आयोजकले बताएको छ ।

No description available.

त्यस्तै महिला तर्फ निर्धारित ३४ किलोमिटर दुरी ३ घण्टा ११ मिनेटमा पार गर्दै जुम्लाकी राज्यलक्ष्मी रावतले महिला तर्फको उपाधि हात पार्न सफल भएकी छन । सानीभेरी गाऊपालिका रुकुम पश्चिमकी शुसिला पुनले निर्धारित दुरीमा ३ घण्टा १७ मिनेटमा पार गर्दै दोस्रो स्थान हात पारेकी छ्न।

३ घण्टा २७ मिनेटमा निर्धारित दुरी पार गर्दै खोटाङकी निर्मला राई तेस्रो हुनुभएकि हुन। भने कबिता बस्नेतले चौथो स्थान हात पारेकी छन ।
महिला म्याराथन तर्फ प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार तथा चौथो हुनेले १० हजार पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

No description available.

त्यस्तै १०औ स्थान सम्मका धाबकहरुलाई क्रमश ३ हजारका दरले पुरस्कार प्रदान गरिएको छ ।

गुरिल्ला म्याराथनको पुरुष तर्फ ३५ जना धावक र महिला तर्फ १२ जना धावकको सहभागिता रहेको आयोजक सानीभेरी गाउँपालिकाले जानकारी दिएको छ ।

बिजेता धाबकहरुलाई,आठबिसकोट नगरपलिका प्रमुख रबि के।सी
।त्रिबेनी गाउँ पालिका अध्यक्ष गणेश बहादुर के।सी। सानीभेरी गाउँ पालिका अध्यक्ष बिर्ख बहादुर बिष्ट, जिल्ला समन्वय उपप्रमुख धनबिर बि।क।कर्णाली प्रदेश सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी कल्यानी खडका लगाएतका अतिथिहरुले बधाई ज्ञापन गरेका थिए।

गाउँपालिकाले सशस्त्र जनयुद्धको बेला तत्कालिन माओवादी गुरिल्लाहरुले प्रयोग गरेको बाटोमा म्याराथन सञ्चालन गदै आएको छ । सानीभेरी गाउँपालिकाको प्रशासनिक केन्द्र सिम्ली देखि तत्कालिन माओवादीले सेना उत्पादन गरेको मौराखारा सम्मको बाटोमा गाउँपालिकाले हरेक बर्ष जनयुद्ध दिवसको अवसरमा गुरिल्ला म्याराथन सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष विष्टले जानकारी दिनुभयो । सोही अबसरमा स्थानीय सास्कृतिक कार्यक्रम समेत प्रस्तुति गरिएको थियो।

No description available.

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

म यसकारण ‘विचौलिया’ –डा मिनेन्द्र रिजाल (भिडियो वार्ता)

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com