ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अदालतबाट सजाय सुनाइएका एक हजार कैदी फरार


admin
श्रावण ७, २०७४ शनिबार  ११ : ५४ बजे

नुवाकोट, ७ साउन । अदालतबाट दोषी ठहर भएका नुवाकोटका एक हजार कैदी अझै फरार रहेका छन् ।   विभिन्न अपराधको घटनामा संलग्न रहेका एक हजार कैदी फरार रहँदा उनीहरुबाट एक हजार ३७० वर्ष सात महिना २२ दिन कैद सजायँसहित रु एक करोड ९१ लाख ७२ हजार जरिवाना असुल गर्न बाँकी रहेको जिल्ला अदालत  नुवाकोटले जनाएको छ ।

फैसला कार्यान्वयन प्रभावकारी बनाउन सर्वोच्च अदालतको निर्णयअनुसार २०७१ कात्तिक १ देखि अदालतको फैसलाको कैद, जरिवाना लागेका वा सरकारी बिगो बुझाउन बाँकी व्यक्ति पक्राउ गरी असुलउपर गर्ने अभियान जारी रहे पनि यहाँका एक हजार कैदी अझै फरार रहेका छन् । फरार रहेका कैदीमा मानव बेचबिखन, ज्यान मुद्दा, ज्यान मार्ने उद्योग, जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उद्योगलगायतका मुद्दामा दोषी ठहरिएका रहेका छन् ।

आव २०७३÷७४ मा ४७५ जना दोषी ठहर भएका कैदी पक्राउ गरी उनीहरुबाट ३६५ वर्ष एक महिना सात दिनको कैद भुक्तानी गरिएको स्रेस्तेदार महिमानसिंह विष्टले जानकारी दिनुभयो ।

पक्राउ परेका कैदीबाट जरिवाना असुलतर्फ रु २९ लाख २९ हजार लगत कट्टा गरिएको छ । न्यायालयबाट दोषी ठहर भएर फरार रहेकाबाट कैद र जरिवाना भराउन नुवाकोट जिल्ला अदालतले लक्ष्य पूरा गर्दैै आएकाले दोषीलाई कानुनी दायरामा ल्याउन प्रयास भइरहेको स्रेस्तेदार विष्टले बताउनुभयो ।

अदालतको फैसला कार्यान्वयनमा मुख्य भूमिका निर्वाह गर्दै आएको जिल्ला प्रहरी कार्यालय, नुवाकोट मुलुकभरको प्रहरी संगठनमा गएको वर्ष उत्कृष्ट हुँदै सम्मानितसमेत भएको थियो ।

 

रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो

कांग्रेसको आन्तरिक एकता सुदृढ हुँदै: ‘अबकी बार गगन सरकार’ नारा विदेशमा गुञ्जियो !

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com