ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरङमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय, दुई जना पक्राउ


एबीसी न्यूज

काठमाडौं, १ फागुन । मोरङमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ। मंगलबार बिहान विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित एक झाडीभित्र लुकाएर राखेको अवस्थामा शंकास्पद वस्तु फेला पारेको जिल्ला प्रहरी प्रमुख एसपी दिपक पोखरेलले जानकारी दिए। दुई लिटरको प्रेसर कुकर टेपले बाँधेर राखिएको अवस्थामा फेला परेको थियो। उक्त वस्तु फेला परेपछि प्रहरीले नेपाली सेनाको टोलीलाई बोलाएको थियो। बम डिस्‍पोजल टोलीले बिहान पौने ११ बजे उक्त वस्तु निष्‍क्रिय पारेको छ।

‘प्रेसर कुकरमा टेपहरू बाँधेको अवस्थामा फेला परेको थियो। सेनाले निष्क्रिय पारेर कति विष्फोटक पदार्थको प्रयोग भएकोबारे अध्ययन गर्न लिएर गएको छ,’ एसपी पोखरेलले भने।उनका अनुसार केही समयदेखि शैक्षिक संस्थाहरूमा भूमिगत संगठनको नाममा महासचिव महाविरको दस्तखतसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लेखिएको लेटर प्याड प्रयोऊ गरी चन्दा माग गर्ने गरिएको थियो। चन्दा नदिए ध्वांसात्मक कार्य गर्ने भनेर चेतावनी दिइएको थियो। यसरी धम्की दिएको भन्ने सूचना पाएपछि मोरङ प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

सिसिटिभी फुटेजको आधारमा प्रहरीले अनुसन्धान गर्ने क्रममा शंकास्पद व्यक्तिको पहिचान खुलेको थियो। त्यसपछि सोमबार दिउँसो प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा इलाम माम्सेबुङ गाउँपालिका वडा नम्बर १ गजुरमुखीका ३८ वर्षीय प्रविण मिश्र र पाँचथर याङवरक गाउँपालिका-१ का ३० वर्षीय विपिन अधिकारी छन्।उनीहरूलाई प्रहरीले पक्राउ गरी सोधपुछ गर्नेक्रममा शैक्षिक संस्थालाई धम्क्याउन प्रेसर कुकर बम बनाएको भन्ने बयान समेत दिएका थिए। जसपछि प्रहरीले मंगलबार शंकास्पद वस्तु फेला पारेको हो।प्रहरीले उनीहरूबाट विस्फोटक पादर्थमा प्रयोग हुने डेटोनेटर, सोडा, सहयोगको ठेली, खाली खाम लगायत बरामद गरेको छ। विपिनबाट मुक्तिनाथ प्रकाशन गृहको प्रेस आइडी कार्ड समेत बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com