ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं ४ मा दुई वर्षभित्र सबै घरमा विद्युत् र खानेपानी


admin
फाल्गुन ४, २०७४ शुक्रबार  ७ : ५२ बजे

पोखरा, ४ फागुन ।  प्रदेश नं ४ को पहिलो मन्त्रिपरिषद् बैठकले आगामी दुई वर्षभित्र प्रदेशका सबैका घरमा विद्युत् र खानेपानी पु-याउने निर्णय गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले ‘उज्यालो प्रदेश कार्यक्रम’अन्तर्गत दुई वर्षमा सबैका घरघरमा विद्युत् पु-याइने तथा पाँच वर्षभित्र अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माण गरिने, प्रदेशका सबै स्थानीय तह र केन्द्रसँगसडक पहुँच विस्तारका साथै अन्तर्राष्ट्रियस्तरको खेल मैदान निर्माण गरिने बताउँदै अर्बुद, मुटु र मिर्गाैला रोगको उपचार केन्द्र स्थापना गरी सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले प्रदेशमा बोलिने सबै भाषा र संस्कृतिको संरक्षण र संवद्र्धन, विभिन्न जाति जनजातिको पहिचान झल्किने गरी बहुसांस्कृतिक ग्राम स्थापना तथा सरकारको कार्यसम्पादनलाई चुस्त र दुरुस्त पार्न विद्युतीय सुशासनमा जोड दिने निर्णय पनि गरेको छ ।

त्यस्तै प्रदेश सरकारका सार्वजनिक लिखित प्रमाणीकरणसम्बन्धी नियमावली २०७४, प्रदेशसभा कार्यविभाजन नियमावली २०७४ र प्रदेशसभा कार्यसम्पादन नियमावली २०७४ स्वीकृत भएको छ ।

बैठकले उद्योगमन्त्री बस्नेतलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ । बैठकले नेपालको लोकतान्त्रिक जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनलगायत विभिन्न आन्दोलनका शहीदप्रति सम्मानका साथ श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

प्रचण्डलाई प्रेसर दिने रुकुम पूर्व : ३४ हजार ७७२ मतदाताको वडागत तथ्यांक सार्वजनिक !

बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी : ‘नेपालगञ्जमा ५ जना समर्थक घाइते

बाबुरामको उम्मेदवारी फिर्ता – “यो अब राजनीतिक होइन, बाध्यताको नाटक मात्र हो” (पूर्ण वक्तव्य)

मनाङमा कांग्रेस– एमाले राजनीतिक समझदारी

प्रचण्ड नेतृत्वको नेकपाले गण्डकीमा को–कोलाई उम्मेदवार बनायो (सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com