ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं २ मा देव उपसभामुखमा निर्वाचित


admin
फाल्गुन ४, २०७४ शुक्रबार  ६ : ०० बजे

जनकपुरधाम, ४ फागुन ।  प्रदेश नं २ को प्रदेशसभा उपसभामुखमा संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्य उपमाकुमारी देव आज निर्विरोध निर्वाचित हुनुभएको छ ।

उहाँ सप्तरी जिल्लाबाट समानुपातिक प्रदेशसभा सदस्य हुनुहुन्छ । सभामुख सरोजकुमार यादवले प्रदेशसभा उपसभामुखमा एक मात्र प्रस्तावको सूचना प्राप्त भएकाले प्रदेशसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ७ को उपधारा (१) बमोजिम उपसभामुखमा देव निर्विरोध निर्वाचित भएको जानकारी दिनुभयो ।

निर्धारित समयभन्दा ४५ मिनेट ढिलो गरी अपराह्न १ः४५ बजे शुरू भएको बैठक २ः०० बजेसम्म बसेको थियो । बैठकमा फोरमका ज्ञानेन्द्रकुमार यादवले प्रदशसभा सदस्य देवलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव राख्दा राष्ट्रिय जनता पार्टी नेपालका प्रदेशसभा सदस्य सुरिताकुमारी साहले समर्थन गर्नुभएको थियो ।

यसअघि सभामुख यादवले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थबाट प्राप्त मुख्यमन्त्रीमा लालबाबु राउतलाई नियुक्ति तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । प्रदेशसभाको अर्कौ बैठक शनिबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

ट्रम्पको अल्टिमेटम सकिन लाग्दा इरानसँग वार्ताको ‘अफ-र्याम्प’

सम्बन्धित

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी, धनुषा–१ मा विवादबीच मातृका यादवलाई प्रमाणपत्र

अर्को बज्यो घण्टी: धनुषा–३ मा मनिष झा विजयी, एमालेको जमानत संकटमा

मधेश प्रदेशमा ‘बालेन लहर’ को प्रभाव: रास्वपाको मजबुत प्रदर्शन, एक्जिट पोलले आधा सिट जित्ने संकेत

सर्लाही–४ मा मतदान सुरु भएकै केही समयमा हुलदङ्गा: बसबरियाको जनता माविमा तनाव, मतदान केहीबेर अवरुद्ध

रास्वपा बारामा आन्तरिक संकट: संगठन प्रमुख पवन चौधरीले दिए राजीनामा

बारामा चुनावी ताप : चार क्षेत्रमा घरदैलो दौडधुप, पुरानै दलको वर्चस्व !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com