ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दरबार हत्याकाण्डबारे बोल्दा प्रचण्डजीले मलाई सोध्नुपर्ने थियो : माधव नेपाल


एबीसी न्यूज
माघ १८, २०८० बिहीबार  २ : ३९ बजे

काठमाडौं, १८  माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सल्लाह नगरी बोल्ने गरेको भन्दै असन्तुष्टि जनाएका छन्।

नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दरबार हत्याकाण्डबारे बोल्दा आफूसँग सोध्ने अध्यक्ष नेपालको भनाइ छ।

जनकपुरधाममा बिहीबार पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्री प्रचण्डजीले यस्ता विषयमा सल्लाह नगरी बोल्नुहुन्छ, मसँग नै सोधे पनि हुन्थ्यो नि!, कमसेकम गिरिजाबाबुले मलाई सोध्ने गर्नुहुन्थ्यो, के गर्ने माधवबाबु भन्ने गर्नुहुन्थ्यो।’

कुनै पनि विषयमा प्रधानमन्त्री प्रचण्ड अलि छिटो बोल्ने गरेको अध्यक्ष नेपालको भनाइ छ।

‘यस्ता कुराहरूका बारेमा अलि सरसल्लाह गरेर गरे राम्रो हुन्थ्यो,’ उनले भने, ‘हामीसँग कुनै सल्लाह भएको छैन। हाम्रो प्रचण्डजी अलि छिटो बोल्ने गर्नुहुन्छ।’

प्रधानमन्त्री प्रचण्डले २०५८ सालमा भएको दरबार हत्याकाण्डबारे छानबिन हुने अभिव्यक्ति दिएका थिए।

गत माघ १५ गते बाराको सिमरा विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले २०५८ जेठ १९ गते राति नारायणहिटीमा भएको तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश घटनाबारे छानबिन हुने बताएका थिए।

‘पूर्वराजा (ज्ञानेन्द्र शाह) ले जे बोलेका छन्, बोल्नै नहुने कुरा बोलेका छन्। दरबार हत्याकाण्डबारे फेरि एकचोटी छानबिनतिर सरकार अगाडि बढ्दैछ,’ प्रधानमन्त्री प्रचण्डले भनेका थिए।

त्यसअघि पूर्वराजा ज्ञानेन्द्र शाहले वीरगञ्जमा भएको कार्यक्रममा ०५८ सालमा भएको दरबार हत्याकाण्डबारे बोलेका थिए।

‘२०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन पनि मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीका मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएको थियो,’ पूर्वराजा शाहले भनेका थिए।

आफूहरूलाई त्यसबेला घातक प्रहार भएको पूर्वराजा शाहले बताए।

‘सत्य सधैं सत्य हुन्छ। असत्यको विजय कहिल्यै हुँदैन,’ उनले भने, ‘हाम्रामाझ प्रत्यक्षदर्शी हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौं। यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो।’

पूर्वराजा शाहले दरबार हत्याकाण्डबारे अभिव्यक्ति दिएपछि (नेकपा एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कुशको मात्र राजा रहेको टिप्पणी गरेका थिए।

‘ज्ञानेन्द्र शाह भनेको राजा होइन। बाहुनले बाहुन भनेर एउटा टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै यी कुशका राजा हुन्,’ गत आइतबार काठमाडौंमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले भने, ‘अब यस्ता कुरामा के बहस गरिरहने बेकार।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

सम्बन्धित

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

जेनजी आन्दोलनमा फरार अभियुक्तको तीन महिने राजधानी आतंक, मुख्य योजनाकार गोली लागेर पक्राउ

नीति बिना यात्रा, एजेन्डा बिना भाषण : बालेन्द्रको देश दौडाहा के संकेत हो?

मकवानपुर–१ मा पटक–पटक चुनाव लडेका पुराना उम्मेदवारलाई नयाँ अनुहारको चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com