काठमाडौं, १६ माघ। उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको हृदयघातका कारण निधन भएको छ । न्यायाधीश मातृका मरासिनीको निधन भएको जानकारी पाएपछि आफू नेशनल हस्पिटल कलंकी पुगेको उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले जानकारी दिए ।
उनी अघिल्लो सातामात्रै सरुवा भएर पाटन आएका थिए । लामो समय जिल्ला न्यायाधीश रहेका उनी अघिल्लो महिना मात्रै उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।








प्रतिक्रिया दिनुहोस्