ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फिलिपिन्समा कम्युनिष्ट सेनाको टाउकोको मुल्य ३८४ डलर


admin
फाल्गुन ४, २०७४ शुक्रबार  ३ : २४ बजे

काठमाडौं, ४ फागुन । फिलिपिन्सका राष्ट्रपति रोद्रिगो डुतेर्तेले विद्रोही सेना मारेबापत ३८४ डलर दिने घोषणा गरेका छन् । पछिल्लो समय एक जना आदिवासी र उनको छोराको हत्या भएको खबर आएपछि राष्ट्रपति डुर्टेटेबाट उक्त घोषणा आएको हो ।

डुतेर्तेको सो भनाईलाई मानव अधिकार समूहहरु र आदीवासी अभियन्ताहरुले विरोध गरेका छन् । अधिकार समूहले यसबाट सेनालाई युद्ध अपराध गर्न प्रोत्साहित हुने डर व्यक्त गरेको छ ।

ह्युमन राइट वाचका कार्लोस एच कोन्डले बिहिबार अल जेजिरासँग कुरा गर्दै भनेका छन् “डुतेर्तेको भनाईले सशस्त्र द्वन्दसम्बन्धी अन्तराष्ट्रिय अभिसन्धी उल्लघंन गर्न प्रोत्साहित गर्छ ।”

अघिल्लो हप्ता डुतेर्तेले आदीवासीहरुलाई अर्धसैनिक तालिम दिने घोषणा गरेका थिए । घोषण अनुसार त्यस तालिम लिएका लडाकूको काम आफ्नो समुदायमा रहेका कम्युनिष्ट विद्रोहीलाई खोजेर मार्ने हुनेछ । र प्रत्यक एक हत्याको लागि ३८४ डलर दिइने कुरा राष्ट्रपतिले सो घोषणामा भनेका थिए ।

 

“तपाई पैसा चाहनुहुन्छ रु म दिनेछु ,” उनले भने “म प्रति टाउको बाराबर २०,००० पेसो दिनेछु ।”

यो पछिल्लो विवाद डुतेर्तेको अघिल्लो विवादास्पद भनाईको चर्चा नसेलाउदै आएको हो । रिपोर्ट अनुसार सेनाका नौजवानहरुलाई सम्बोधन गर्दै डुतेर्तेले कम्युनिष्ट विद्रोहीका महिला सदस्यहरुको ‘योनाङ्ग’मा गोली हानेर ‘काम नलाग्ने’ बनाउन भनेका थिए ।

राष्ट्रपतिले विद्रोहीहरुको टाउकोको मूल्यको घोषणा एक जना आदिवासी नेता र उनको छोराको हत्या भए पछि आएको हो । सो नेता आफ्नो समूदायमा चिनिएका अर्धसैनिक सैन्यका सदस्य थिए ।

सन् १९६८ देखि फिलिपिन्समा एक कम्युनिष्ट घटक सशस्त्र विद्रोहमा रहेको छ । त्यस यता भएको हिंसामा परि ३०,००० मनिसले ज्यान गुमाइसकेका छन् ।

डुतेर्ते प्रशासनको प्रारम्भमा विद्रोही र सरकारबिच युद्ध विराम भएर शान्ति वार्ता भएको थियो । तर सन् २०१७ बाट दुई पक्ष बिच भएका छिटपुट भिडन्तहरु पछि डुतेर्तेले सो समूहलाई आतङ्कवादी समूह घोषणा गर्दै शान्ति प्रक्रिृया अन्त्य गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com