ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१५ वर्षदेखि अमेरिकामा रहेका साम्बेद अधिकारीले “ लैजाउ मलाई” भन्दै सार्वजनिक गरे लिरिकल भिडियो


एबीसी न्यूज

काठमाडौ १५ माघ । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेसंगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा गायक साम्बेद अधिकारीको नयाँ गीत “ लैजाउ मलाई” बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक अधिकारी अलराउण्डर भूमिकामा देखिएका छन् । स्वर, शब्द, संगीत, गीतको एरेञ्ज र मिक्सिङ अधिकारी आफैले गरेका छन्। यस गीतलाई साम्बेद अधिकारी युुटुब च्यानलबाट केही दिन अगाडी मात्र सार्वजनिक गरिएको हो ।

आम दर्शक श्रोताहरुले गीतलाई माया गरिदिएर रुचाउनु भयो भने गीतको भिडियो नि बनाउने गायक अधिकारीले बताएका छन्। उनले गिटार बजाएर बनाएको सानो( सानो भिडियो भने यस अघि नै इन्स्ट्राग्राममा राख्ने गरेका थिए भने आधिकारिक रुपमा आफ्नो शृजनालाई युटुबमा पहिलोपटक सार्वजनिक गरेका हुन्। गीतमा आफ्नो आशा, भरोसा र कसै प्रतिको चाहना प्रस्तुत गरिएको छ। काठमाडौं सामाखुशी घर भएका ३४ वर्षीय अधिकारी १५ वर्षदेखि भने अमेरिकामा रहेका छन्। उनको संगीत क्षेत्रमा एकदम धेरै रुचि देखिएको छ। त्यस्तै रुचिले गर्दा उनले १२ वर्षदेखि नै गिटार बजाउन थालेका थिए।

अधिकारीले गीत संगीतमा रुचि भएपनि परदेशी भूमिबाट बजारमा ल्याउन परदेशी गारो रहेको समेत बताएका छन् । उनले नेपाली समाज, संस्कृति र चासो कस्तो भएको छ भन्ने कुराहरुमा राम्रोसंग भिज्न नपाउँदा दर्शक श्रोताको चाहना अनुसार गीत ल्याउन केही कठिन हुने बताएका छन्। त्यति मात्र नभएर गीत संगीतको लागी आवश्यक सामाग्रीहरु जुटाउन समेत कठिन हुने बताए। नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनको लागी अधिकारी लागिरहेका छन्। उनी अमेरिकामै रहे पनि त्यँहा एकदम राम्रो गिटारिस्टको रुपमा स्थापित भईसकेका छन्। अधिकारीले अमेरिकाकै ब्याण्डसंग काम गरेका छन्। भर्खरै सार्वजनिक भएको गीतको लिरिकल भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com