ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति ट्रम्प पुन आलोचित


admin
फाल्गुन ४, २०७४ शुक्रबार  २ : ३७ बजे

काठमाडौं, ४ फागुन । अमेरिकी डेमोक्र्याट्सहरूले बन्दुक राख्न पाउनेसम्बन्धी कानूनबारे छलफल गराउन अस्वीकार गरेको भन्दै राष्ट्रपति डोनल्ड ट्रम्प र रिपब्लिकन सभामुख पल रायनको आलोचना गरेका छन् ।

१७ जनाको ज्यान जाने गरी फ्लोरिडाको एउटा विद्यालयमा गराइएको गोलीकाण्डको भोलिपल्ट उनीहरूले आलोचना गरेका हुन् । राष्ट्रपति ट्रम्पले विद्यालयहरूलाई सुरक्षित तुल्याउनु आफ्नो प्रशासनको मुख्य प्राथमिकता हुने बताएका छन् ।

तर बन्दुक राख्न पाउनेसम्बन्धी कानूनको समीक्षा गर्नुपर्ने कंग्रेसको माग सम्बोधन गर्न उनी विफल भएका छन् । केही विज्ञहरूले बन्दुक राख्न नदिएको भए फ्लोरिडा गोलीकाण्डका सन्दिग्ध निकोलस क्रुजले हमला गर्न नसक्ने बताएका छन् ।

फ्लोरिडास्थित एउटा उच्च माध्यमिक विद्यालयमा बुधवार भएको गोलीकाण्डमा १७ जना मारिएका थिए । राष्ट्रपति ट्रम्पले मानसिक स्वास्थ्यसम्बन्धी समस्यासंग जुझ्न पनि आफ्नो प्रशासन कटिबद्ध रहेको बताएका छन् ।

यसैबीच राष्ट्रपति ट्रम्पभन्दा फरक धारणा राख्दै अर्थमन्त्री स्टिभन मुनुशीनले गोलीकाण्ड दुखद भएको बताएका थिए । तर पछि मुनुशीनको कार्यालयले बन्दुक राख्न पाउनेसम्बन्धी कानूनमा परिवर्तन ल्याउन उनले आग्रह गरेको भन्ने कुरा अस्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

सम्बन्धित

‘सुदृढीकरणको’ वृहत् रणनीति

आफ्नै कम्पनी ‘स्पेसएक्स’ लाई एलन मस्कले कसरी ‘खुत्रुके’ बनाए? यस्तो छ अर्बपतिको भित्री खेल

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

एउटा प्राज्ञिक चमत्कार

इरान युद्ध : वार्ताका लागि ट्रम्पद्वारा युद्धविरामको अवधि थप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com