ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमानस्थलमा अध्यागमन अधिकृत कुट्ने प्रहरीलाई कारबाहीका लागि अल्टिमेटम दिइँदै


एबीसी न्यूज

काठमाडौं १४ माघ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत तथा प्रमुख अध्यागमन अधिकृत कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीका लागि पाँच कर्मचारी संगठनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अल्टिमेटम दिने भएका छन्।

आज बिहान बसेको पाँच कर्मचारी संगठनको संयुक्त बैठकले आजै गृहमन्त्री श्रेष्ठलाई भेटेर कुटपिटमा संलग्न प्रहरीलाई निलम्बन गर्न ३ दिनको अल्टिमेटम दिने निर्णय गरेको नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनकबहादुर रावलले  जानकारी दिए।

‘हामी आजै गृहमन्त्रीज्यूलाई भेटेर घटनामा संलग्न प्रहरीलाई तत्काल निलम्बन गर्न ३ दिनको अल्टिमेटम दिन्छौँ’, बैठकको निर्णयलगत्तै महासचिव रावलले भने, ‘तीन दिनमा हाम्रो माग सम्बोधन भएन भने देशव्यपापी आन्दोलनमा उत्रिनेछौँ।’

घटनाबारे छलफल गर्न आइतबार बिहान नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय कार्यालय, बबरहलमा बसेको बैठकमा सबै दलनिकट संगठनका पदाधिकारी सहभागी थिए।

गत शुक्रबार दिउँसो १२ बजेतिर विमानस्थलमा प्रहरीले अध्यागमन अधिकृत तथा प्रमुख अध्यागमन अधिकृतलाई कुटपिट गरेको घटना बाहिरिएको थियो।  यस घटनाको विरोधमा विभिन्न राजनीतिक दलनिकट संगठनहरू एक ठाउँमा उभिएका हुन्।

शनिबार मात्र विभिन्न तीनवटा कर्मचारी संगठनका विमानस्थल एकाइले अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु जाँचको काम सशस्त्र प्रहरीमार्फत हुनुपर्ने माग राखी विज्ञप्ति जारी गरेका थिए।

अध्यागमन अधिकृतमाथि कुटपिट भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तीन संगठनले विभिन्न ६ बुँदामा आफ्ना माग राखेका थिए।

विमानस्थलमा यात्रु जाँच पनि सशस्त्रबाट हुनुपर्ने तीन कर्मचारी संगठनको माग  विमानस्थल सुरक्षामा खटिएका प्रहरीबाट अध्यागमन कर्मचारीलाई जुनसुकै बखत आक्रमण हुन सक्ने जोखिम रहेको, सुरक्षाको प्रत्याभूति नभएर त्रासको अवस्था सिर्जना भएको हुँदा यस्तो अवस्थामा नियमित सेवा प्रवाह गर्नसमेत कठिनाइ भएको भन्दै उनीहरूले अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीको सुरक्षाको प्रत्याभूति गर्न माग गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com