ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘बुद्धज्ञान साइकल यात्रा’का यात्रीहरुलाई उपाध्यक्ष डा. लामा द्वारा लुम्बिनीमा स्वागत


एबीसी न्यूज

लुम्बिनी, १३। माघ  ‘बुद्ध ज्ञान साइकल यात्रा’का यात्रीहरुलाई संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले लुम्बिनी मायादेवी मन्दिर अगाडि खादा लगाएर स्वागत एवं सम्मान गरेका छन् ।

साइकल सिटी भैरहवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनी सहित बुद्धसँग सम्बन्धित स्थलहरूलाई समेटेर शुक्रबार देखि दुईदिने ‘बुद्ध ज्ञान साइकल यात्रा’ गरेको थिए।

गौतम बुद्धसँग जोडिएका रुपन्देही, कपिलवस्तु र नवलपरासी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबारदेखि भएको साइकल यात्राका यात्रीहरुलाई उपाध्यक्ष डा. लामाले स्वागत एवं सम्मान गरेका हुन् ।

उपाध्यक्ष डा। लामाले आन्तरिक र बाह्य पर्यटन प्रबर्द्धन गर्न र बुद्ध सग सम्बन्धित महत्त्वपूर्ण क्षेत्रहरुलाइ उजागर गर्न ‘बुद्ध ज्ञान साइकल यात्रा’ले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । महत्त्वपूर्ण एतिहासिक पुरातात्त्विक क्षेत्रहरुमा यात्रीहरुको परिक्रमाले लुम्बिनी सहितक अन्य लुम्बिनी सग सम्बन्धित अन्य क्षेत्रहरु समेतको विकास, प्रचार(प्रसार एवं पर्यटन प्रबर्द्धनमा सिर्जनात्मक सहयोग पुगेको भन्दै उपाध्यक्ष डा।लामाले यात्रीहरुलाइ धन्यवाद व्यक्त गरेका हुन् ।

‘बुद्ध ज्ञान साइकल यात्रा’मा एक चिनियाँ, १७ भारतीय, १६ जना महिला, दुईजना १४ वर्षमुनिका सहित देशभरका विभिन्न सहरबाट गरी दुई सय २० भन्दा बढी साइक्लिस्ट सहभागी रहेका थिए।

शुक्रबार बिहान भैरहवाको बुद्धचोकबाट सुरु भएको यात्रा नवलपरासीको रामग्राम, रुपन्देहीको देवदह, निग्लिहवामा हुदै दोस्रो दिन तिलौराकोट, सग्रहवा, कुदान, गोटिहवा, लुम्बिनी आइपुगेका हुन् । उक्त यात्रा भैरहवा पुगेर समापन हुने छ।

आन्तरिक र बाह्य पर्यटकको नजरमा लुम्बिनीबाहेकका अन्य स्थान सधैँ ओझेलमा परेको हुनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट साइक्लिस्टहरूलाई सहभागी गराएर साइकल यात्रा गराएको उनले बताए। हरेक वर्ष हुने यस कार्यक्रममा आगामी दिनमा बौद्ध मुलुकका साइक्लिस्टलाई सहभागी गराएर कार्यक्रम गर्ने साइकल सिटी सिद्धार्थनगरका सहसचिव राजेश खरेलले बताए।

भैरहवाको बर्मेलिटोलबाट सुरु यात्राको लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री सिके गुप्ताले उद्घाटन गरेका थिए। यात्रामा सहभागी साइक्लिस्टहरूलाई मन्त्री गुप्ता, सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खानले नेपालको झन्डा र बौद्ध झन्डा हल्लाएर बिदाइ गरेका थिए। सहभागीले शनिबार मायादेवी मन्दिरको अवलोकन गरी भैरहवा फर्किएपछि यात्रा समापन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com