ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीलाई कोसीमा धोकैधोका, राष्ट्रिय सभामा भने ठूलो दल, समीकरण बदलिने ढोका खुला !


ABC NEWS

काठमाडौं ११ माघ । आगामी २० फागुनदेखि माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बन्ने भएको छ। बिहीबार १९ सिटका लागि भएको निर्वाचनमा ५ सिटमा विजय प्राप्त गरेलगत्तै माओवादी केन्द्र फागुनपछि माथिल्लो सदनमा सबैभन्दा ठूलो दल बन्ने पक्का भएको हो।

अहिलेसम्म राष्ट्रिय सभामा माओवादी केन्द्रका १६ सदस्य छन्। तर, २० फागुनमा विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरागरी तीनजनाको पदावधि सकिँदैछ।

माओवादीका नवनिर्वाचित ५ जना नयां सदस्यहरु

त्यसो हुँदा अहिलेको राष्ट्रिय सभामा सो पार्टीका सांसदहरुको संख्या १३ मात्र हुनेछ।

बिहीबार भएको निर्वाचनमा माओवादी केन्द्रले ५ सिटमा विजय हासिल गरेको छ। सत्ता गठबन्धनबाट उम्मेदवारी पाएको कोसीको महिलातर्फको सिट गुमाए पनि बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरुपा शर्मा, लुम्बिनीमा झक्कुप्रसाद सुवेदी, कर्णालीमा विष्णु विक र सुदुर पश्चिम प्रदेशमा रेणु चन्द विजयी भएका छन्। २० फागुनपछि राष्ट्रिय सभामा माओवादी केन्द्रको सिटसंख्या १८ पुग्नेछ।

अहिलेसम्म राष्ट्रिय सभामा एमालेको सिट संख्या १७ छ। २० फागुनपछि भने एमालेका ८ सांसदको पदावधि समाप्त हुनेछ। तर, बिहीबार भएको निर्वाचनमा एमालेका एक उम्मेदवारले विजय हासिल गरेका छन्। २० फागुनपछि राष्ट्रिय सभामा एमाले १० सदस्यमा खुम्चिनेछ ।

नेपाली कांग्रेस अहिलेसम्म राष्ट्रिय सभामा १० सिट सहित तेस्रो स्थानमा छ। तर, २० फागुनपछि उसका ४ सांसदको पदावधि समाप्त कांग्रेस ६ सिटमा झर्नेछ।
बिहीबारको निर्वाचनमा कांग्रेसका १० उम्मेदवारले विजय भएका छन् । यो संख्या जोडिँदा राष्ट्रिय सभामा कांग्रेसको सिट संख्या १६ मात्र हुनेछ। अर्थात् माओवादी केन्द्रपछि राष्ट्रिय सभामा दोस्रो ठूलो दलको नेपाली कांग्रेस बन्नेछ ।

१० सिटसहित एमाले राष्ट्रिय सभामा तेस्रो ठूलो दलको हैसियतमा रहनेछ। त्यसपछि चौथो स्थानमा रहनेछ– एकीकृत समाजवादीको ८ सिट रहनेछ।
मन्त्रिपिरषद्को सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुनेमा माओवादीका सदस्य मनोनित भएमा माओवादी १९ सदस्य सहितको सवैभन्दा ठूलो दल बन्नेछ ।

कोशी प्रदेशमा शुरुदेखि नै नेपाली कांग्रेसले माओवादीलाई धोका दिंदै आएको भन्दै त्यहांका नेता इन्द्रआंगबोले कडा प्रतिक्रिया दिएका छन् ।
माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले कोशी प्रदेशमा कांग्रेससँगको सहकार्य भंग हुने बताएका छन् । बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट उम्मेदवार रहेकी चम्पा कार्की पराजित भएपछि नेम्वाङले कांग्रेससँग सहकार्य तोड्ने चेतावनी दिएका हुन् ।

उनले भने,‘गठबन्धनमा कांग्रेसले माओवादीलाई पटकपटक धोका दिएको छ । कांग्रेसकै कारण यसअघि संसदमा माओवादीले सभामुख गुमायो । अहिले पनि हाम्रा उम्मेदवार पराजित भएको । पार्टी नेतृत्वले केन्द्रमा सहकार्य भएपनि प्रदेशमा कांग्रेससँग सहकार्य भंग गर्छौँ ।’
कोशीमा सत्ता गठबन्धनमा गडबढ गरेर आफ्नो शक्ति देखाउनका लागि यसपटक केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले ाम दाम दण्ड को प्रयोग गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीको सवैप्रकारको आडभरोससा पाएका थिए ।
माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले कोशीको असन्तोष सशान्त पारेर कांग्रेसकै प्रदेश ससरकारलाई समर्थन गरिरहन अब सम्भव नहुने बताइएको छ । त्यसको भएमा छिटै कोशी प्रदेशमा एमाले–माओवादी वाम गठबन्धनको प्रदेश सरकार बन्ने सम्भावना बढेको छ। यही स्थितिबाट पुनः राष्ट्रिय रुपमा नै वाम गठबन्धन बन्ने अवसर जुराइदिने काम कांग्रेस नेता मिनेन्द्र रिजालले गरेको उनी निकट एक प्रतिनिधिसभाका सदस्यले बताए । उनले भने मिनेन्द्र डासावले देउवासंगको व्यक्तिगत इगोका कारण राष्ट्रिय राजनीति नै धारापमा पार्नुहुने भयो ।
यसबारेमा माओवादीका केन्द्रीय नेताहरुले भने अझैसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । तर पनि प्रधानमन्त्री प्रचण्ड नेकाको पछिल्लो समयको आन्तरिक अवस्थाका कारण आजित भएको त सर्वाजनिक भएको नै छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com