ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंकहरूले दिने कर्जाको ब्याजदर घट्दै, कुनबाट पाइन्छ सस्तो ऋण?


एबीसी न्यूज

काठमार्डौ ११ माघ । पछिल्लो एक वर्षमा बैंकहरुले ग्राहकलाई दिने ऋणको ब्याजदर १।३२ प्रतिशतले घटेको छ। गत वर्षको सोही अवधिको तुलनामा चालू आवको पुस मसान्तसम्म आइपुग्दा कर्जाको ब्याजदर घटेको हो।

गत वर्षको पुस मसान्तमा वाणिज्य बैंकहरुको औसत आधार दर बेस रेट १०।७३ प्रतिशत थियो। जुन चालू आवको पुस मसान्तसम्म आइपुग्दा १।३२ प्रतिशतले घटेर ९।४१ प्रतिशतमा आएको छ।

 

सामान्यतया निक्षेपको ब्याज घट्दा त्यसको प्रत्यक्ष प्रभाव कर्जाको ब्याजमा पर्छ । किनकि निक्षेपको ब्याज घट्दा बैंकको लागत ९खर्च० पनि घट्छ, यसले आधार ब्याजदर कम हुन्छ । बेस रेट कर्जाको ब्याज निर्धारण गर्ने आधार हो । यो घट्दा कर्जाको ब्याजदर पनि घट्छ भने बढ्दा बढ्छ।

बैंकहरुले ऋण दिँदा बेस रेटमा शून्यदेखि अधिकतम ५ प्रतिशत प्रिमियम जोडेर ब्याजदर तोक्ने गर्दछन्। यद्यपि, जुन बैंकको बेस रेट कम हुन्छ, सोही बैंकबाट ऋणलाई कर्जा लिँदा ब्याजदर सस्तो हुन्छ।

२०८० पुस मसान्तसम्म आइपुग्दा स्ट्यान्डर्ड चार्टर्ड बैंकको बेस रेट सबैभन्दा कम ७।५६ प्रतिशत छ। त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको ८।२५ प्रतिशत, नेपाल बैंकको ८।५५ प्रतिशत, एभरेष्ट बैंकको ८।८७ प्रतिशत र कृषि विकास बैंकको बेस रेट ८।८२ प्रतिशत छ।

अन्य वाणिज्य बैंकहरुको बेस रेट भने न्यूनतम ९ प्रतिशतदेखि अधिकतम १०।५९ प्रतिशतसम्म छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत बैंक दर र नीतिगत दर तथा निक्षेप संकलनको बोलकबोल दर पनि घटाएको छ।

अपेक्षाअनुसार ब्याजदर नघटिरहेको भन्दै राष्ट्र बैंकलाई चौतर्फी दबाब बढेपछि समीक्षामार्फत उल्लिखित दर घटाइएको हो ।

अहिले वित्तीय प्रणालीमा पर्याप्त तरलता छ। बजारमा पैसा धेरै भएपछि तरलता व्यवस्थापनका लागि भन्दै राष्ट्र बैंकले धमाधम पैसा झिकिरहेको छ । यही कारण अब कर्जाको ब्याजदर झनै घट्ने बैंकरहरूको दाबी छ ।

राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थासँग हाल ६ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य पुँजी छ । वित्तीय प्रणालीमा पर्याप्त तरलता रहे पनि अपेक्षित रूपमा कर्जाको माग बढेको छैन।

यहीकारण अन्तरबैंक ब्याजदर बढ्न सकेको छैन भने तरलता व्यवस्थापनका लागि भन्दै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत पैसा तानिरहेको छ । यसले पनि आगामी समयमा ब्याजदर घट्ने देखाउँछ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com