काठमार्डौ ११ माघ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने भएका छन्। राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशको मतदान बिहान ९ बजेदेखि हेटौँडामा भइरहेको छ। तर, मेयर शाह भने काठमाडौँमै छन्।
मेयर शाह कार्यव्यस्तताका कारण हेटौँडा जान नपाएको उनको सचिवालयले जनाएको छ। स्रोतका अनुसार उनी बिहीबार दिनभर काठमाडौँ महानगरपालिकामै हुनेछन्।
नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि बिहीबार आज०का लागि विभागीय प्रमुखसहितको छलफल तय गरिएको छ।
‘नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि उहाँसहित विभागीय प्रमुखसँग आज बैठक तय भएको छ। यही कार्यव्यस्तताका कारण उहाँ जान नभ्याउने हुनुभएको हो,’ अघिल्लो साता बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँको प्रमुख प्रशासकीय अधिकृतमा प्रदिप परियारलाई नियुक्त गरेको थियो।
परियारले हिजो बुधबार पदबहाली गरेका थिए। पदबहालीपछि परियारले पहिलोपटक मेयरसहित विभागीय प्रमुखहरूसँग छलफल गर्दैछन्।
मेयर शाह बागमती प्रदेशका मतदाता हुन। यसअघि पनि गत ४ मंसिरमा भएको निर्वाचनमा उनले प्रदेशतर्फ मतदान गरेका थिएनन्। काठमाडौँ महानगरपालिका– स्थित अन्नपूर्ण मतदानस्थलमा उनले सुरक्षाकर्मीले इशारा गर्दा पनि भोट नहाल्ने भन्दै फर्किएका थिए।
उपमेयर सुनिता डंगोल भने मतदानका लागि हेटौँडा गएकी छिन्। डंगोल एमालेबाट उपमेयर निर्वाचित भएकी थिइन् भने मेयर शाह स्वतन्त्रबाट निर्वाचित भएका थिए।








प्रतिक्रिया दिनुहोस्