ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अभियानका रुपमा मेला–महोत्सव आयोजना हुनु अर्थतन्त्र सुधारको सङ्केत हो : प्रधानमन्त्री


एबीसी न्यूज

काठमाडौ १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो वर्ष निजी क्षेत्र सङ्कटमा रहेकामा यस वर्ष क्रमशः सुधार आई उद्यमी व्यवसायीमा उत्साह सञ्चार भएको बताएको छन । नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आज आयोजित ‘आर्थिक विकास, पर्यटन प्रवद्र्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवद्र्धन कार्यक्रम’लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अघिल्लो वर्ष आर्थिक सङ्कटका कारण सार्वजनिक मेला–महोत्सव विरलै हुने गरेकामा यस वर्ष अभियानकै रुपमा महोत्सवहरु आयोजना हुनु अर्थतन्त्र सुधारका दृष्टिले शुभसङ्केत भएको बताए। प्रधानमन्त्रीले भने, “अघिल्लो वर्ष यस्ता मेला–महोत्सव विरलै आयोजना हुन्थे तर यस वर्ष अभियानकै रुपमा मेला हुन थालेका छन् ।

विश्व बैङ्कलगायत अन्तरराष्ट्रिय वित्तीय संस्थाले पनि नेपालको अर्थतन्त्रमा क्रमशः सुधार आएको जनाएका छन् । हाम्रा लागि यो शुभसङ्केत हो ।” उहाँले उद्योगी–व्यवसायीहरूलाई उत्साही भएर काम गर्न आग्रह गरे । देश र जनताका पक्षमा काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएको बताउँदै प्रधानमन्त्रीले कार्य सम्पादनमा कमजोर हुने मन्त्रीलाई हटाउने चेतावनी पनि दिए।

प्रधानमन्त्रीले अर्घाखाँचीको सिद्धारा–जलुके क्षेत्रमा जनयुद्धकालमा आफू हिँडेको स्मरण गर्दै यस क्षेत्रको पर्यटकीय विकासका निम्ति आफू सकारात्मक रहेको बताए। उनले अर्घाखाँचीको विकासमा सङ्घीय सरकारले प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै जिल्लाको विकासप्रति स्थानीय राजनीतिक दलमा देखिएको एकता र सहकार्यको सराहना गरे। प्रधानमन्त्रीले भने, “गोरुसिङ्गे–सन्धिखर्क सडक निर्माणका निम्ति आवश्यक बजेटको प्रबन्धका साथै गच्छे–भालुवाङ सडकलगायत रणनीतिक परियोजनाहरु सम्पन्न गर्न सङ्घीय सरकारको सहयोग रहनेछ । सन्धिखर्क–शीतगङ्गा र भूमिकास्थान नगरपालिका तथा मालारानी–छत्रदेव र पाणिनी गाउँपालिकाको विकासका निम्ति सङ्घीय सरकारले ध्यान दिनेछ ।”

अर्थतन्त्रलाई चलायमान बनाउन आफू नेतृत्वको सरकारले भरमग्दुर प्रयास गरिरहेको स्पष्ट गर्दै प्रधानमन्त्रीले भने, “जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा थियो । निर्वाचनबाट आएको त्रिशङ्कु संसद्ले राजनीतिक स्थायित्व दिने नदिनेमा निकै ठूलो संशय थियो तर एक वर्षको अनवरत प्रयासबाट देश र जनतासामु विद्यमान चुनौती सम्बोधन हुँदै गएका छन् । प्रधानमन्त्रीले विदेशी मुद्राको सञ्चितिमा प्रगति भएको, पर्यटक आगमनमा वृद्धि भएको, बैङ्कको ब्याज कटौती गरिएको, सहकारी र लघुवित्तका समस्या सम्बोधन भएका, भुक्तानी सन्तुलन, विप्रेषण वृद्धिका साथै शिथिल भएको उद्योग–व्यवसाय क्षेत्र क्रमशः चलायमान हुन थालेको बताए।

विश्व बैङ्कलगायत अन्तरराष्ट्रिय सङ्घसंस्थाले नेपालको अर्थतन्त्रमा क्रमशः सुधार आएको तथा सन् २०२४ मा थप प्रगति हुने प्रक्षेपण गरेका बताउँदै प्रधानमन्त्री दाहालले एक वर्षको अवधिमा सामाजिक न्याय, सुशासन र समृद्धि प्राप्तिका निम्ति काम भएका उल्लेख गरे।फरक प्रसङ्गमा प्रधानमन्त्रीले अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा प्रगति भएको, आफ्नो चीन र भारत भ्रमणका साथै विश्व खाद्य सम्मेलन, राष्ट्रसङ्घीय महासभा, विश्व जलवायु सम्मेलन र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण र यसै साता युगान्डामा आयोजना हुने असंलग्न राष्ट्रहरुको सम्मेलन नाममा आफूले गर्ने सम्बोधनबाट देशको अन्तरराष्ट्रिय छवि अझ उजागर हुने विश्वास व्यक्त गरे। त्यस अवसरमा पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली, पूर्वउपसभामुख पुष्पा भुसाल, पूर्वऊर्जामन्त्री पम्फा भुसाल, प्रदेश सांसद रामजी घिमिरे, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष बिपुल पोखरेललगायत सबै स्थानीय तहका प्रमुख–उपप्रमुखको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com