ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधानले दिएको अधिकार कानुनद्वारा व्यवस्थित गर्नुपर्छ : मुख्य दलहरु


ABC NEWS
माघ १, २०८० सोमबार  २ : ३४ बजे

काठमाडौं १ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन तत्काल निर्माण गर्न राजनीतिक दलहरूसँग आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले संविधान कार्यान्वयनमा भएको कमीले जनतामा निराशा छाएको उल्लेख गर्दै त्यसलाई आशामा परिणत हुनेगरी राजनीतिक दलहरूले आवश्यक काननहरूको निर्माण गरेर संविधान कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका हुन् ।

संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरूलाई माघी पर्वको अवसर पारेर सोमबार राष्ट्रपति भवन शितल निवासमा बोलाएर राष्ट्रपति पौडेलले नेपाली जनताको चाहना र भावनाअनुसार अघि बढ्नका लागि संविधान कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई साकार पार्ने अठोट सबै राजनीतिक दलहरूले गर्नुपर्ने बताएका हुन् ।

‘यत्तिको संविधान दक्षिण एसियामा, सार्क मुलुकहरूमा कमै होला भनेर सबैले सम्मान गरेका छन्, प्रशंशा गरेका छन् । अब यसलाई कार्यान्वयनमा ल्याउने कुराको आवश्यक्ता छ । यो संविधानले पीछडिएका वर्गलाई, उपेक्षित वर्गलाई जो अधिकार दिएको छ । त्यो सार्थक हुनुपर्‍यो,’ राष्ट्रतिको आग्रह थियो, ‘हामीले व्यवहारमा उतार्नका लागि कानुन बनाउनुपर्नेछ । त्यसैले विशेष गरी ध्यान दिनुपर्ने विषय संविधानले दिएको अधिकारलाई कानुनद्वारा व्यवस्थित गर्नुपर्नेछ । ती कानुनहरूको निर्माण छिटो भन्दा छिटो हुन जरुरी छ भन्ने मलाई लागिरहेको छ । मेरो तपाईहरू सबैलाई अनुरोध र आग्रह के छ भने संविधान कार्यान्वयनमा जाऔँ ।’

राष्ट्रपति पौडेलले नेपालमा रहेका विदेशी राजदूतहरू तथा प्रतिनिधिहरूले नेपालको संविधानको प्रसंसा गर्ने गरेको पनि बताएका थिए । ‘मैले यहाँ आएपछि जति पनि विदेशी प्रतिनिधिहरू, पाहुनाहरू, राजदुतहरू अथवा विभिन्न विदेशी निकायका प्रतिनिधिहरूसँग मैले भेटेको छु । उनीहरूले नेपालको अहिलेको संविधानको मुक्तकण्ठले स्वागत गर्ने गरेका छन्,’ उनले भने । संविधानले महिला, दलित, जनजाति, अल्पसंख्यक, पीछडिएका दुर्गमका जनतालाई अधिकार दिएको भन्दै सबैले प्रसंसा गरेको उनको भनाइ थियो ।

जनताले विकासको अपेक्षा गरेको र त्यसमा जनप्रतिनिधिले उचित भूमिका निर्वाह गर्नुपर्ने राष्ट्रपतिको भनाइ थियो । जनताले संविधानपछि गरेको आशालाई निराशामा परिणत हुन दिन नहुने उनले आग्रह गरेका थिए । ‘जनताले अब जे पाइन्छ भन्ने आशा गरेका छन् त्यो आशालाई निराशामा परिणत नगरौँ । देशमा निराशाका कुराहरू आएका छन् । यो संविधान कार्यान्वयनको कमीले हो,’ राष्ट्रपतिले भनेका थिए, ‘अब पछाडि फर्कन कोही नेपाली जनता चाहँदैनन्, नेपाली जनताको चाहना र भावना मैले पनि बुझेको छु । विदेशबाट आएकाहरूको मात्र होइन कि देश भित्रका जनताको पनि अगाडि बढ्ने चाहना छ । अगाडि बढ्ने हो, संविधान कार्यान्वयन गरेर देशलाई विकास गर्ने हो । देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र साकार पार्ने हो ।’

त्यस अवसरमा राष्ट्रपति पौडेलले माघीलाई नेपालको मौलिक पर्वको रुपमा चित्रण गर्दै सबैमा शुभकामना समेत व्यक्त गरेका थिए ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरालगयतका नेताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

सम्बन्धित

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

जेनजी आन्दोलनमा फरार अभियुक्तको तीन महिने राजधानी आतंक, मुख्य योजनाकार गोली लागेर पक्राउ

नीति बिना यात्रा, एजेन्डा बिना भाषण : बालेन्द्रको देश दौडाहा के संकेत हो?

मकवानपुर–१ मा पटक–पटक चुनाव लडेका पुराना उम्मेदवारलाई नयाँ अनुहारको चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com