ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभाका लागि माओवादीका ६ उम्मेदवार यस्ता छन्


ABC NEWS

काठमाडौं २२ पु स । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभाका ६ जना उम्मेदवार को को हुने भन्ने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाएको हो। माओवादीले कोशी प्रदेशमा महिलातर्फ चम्मादेवी कार्की, बागमती प्रदेशमा अन्यतर्फ श्रीकृष्णप्रसाद अधिकारी र गण्डकी प्रदेशमा महिलातर्फ मनरूपा शर्मा सुवेदीलाई उम्मेदवार बनाउने भएको छ।

लुम्बिनी प्रदेशमा अन्यतर्फ झक्कुप्रसाद सुवेदी, कर्णाली प्रदेशमा दलिततर्फ विष्णु विश्वकर्मा र सुदूरपश्चिम प्रदेशमा महिलातर्फ रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय माओवादीले गरेको छ।
कर्णाली प्रदेशको जुम्लाका जनप्रतिनिधिले विश्वकर्माको सिफारिशको विरोध गरेका छन् र

सत्तारूढ गठबन्धनमा भएको सहमति अनुसार माओवादीको भागमा ६ सीट परेको थियो। पदाधिकारी बैठकले सर्वसम्मत रूपमा ६ वटै सीटमा उम्मेदवार तय गरेको जनाएको छ।

आउँदो माघ ११ गते राष्ट्रिय सभाका १९ पदका लागि चुनाव हुँदै छ। त्यसका लागि सोमबार उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।

गठबन्धनमा रहेका दलमध्ये नेपाली कांग्रेसको भागमा १०, नेकपा (एकीकृत समाजवादी)को भागमा दुई र जनता समाजवादी पार्टी (जसपा)को भागमा एक सीट परेको छ। नेपाली कांग्रेस भित्र शेखर कोइराला र संस्थापन पक्षको विवादका कारण उमेदवार तोक्न मुश्किल परेको छ । भोलि राष्ट्रिय सभा निर्वाचनका लागि मननयोन गर्नु पर्ने छ ।

चम्पादेवी कार्की– कोशी
कोशी प्रदेशबाट ६ वर्षे कार्यकालका लागि निर्वाचित भएकी विन्दा पोखरेलको पदावधि आगामी फागुन २० मा सकिँदैछ।

आफ्नै भागमा परेको सिट लिने सत्ता गठबन्धनको सहमति अनुसार कोशी प्रदेशबाट महिला क्लस्टरबाट माओवादी केन्द्रले चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको छ।

ओखलढुंगा निवासी उनी २०५४ मा जनयुद्धमा होमिएकी हुन्। लडाइँमा उनी घाइते भएकी थिइन्।

२०५४ सालमा भएको स्थानीय चुनावमा एमालेबाट निर्वाचित भएकी उनी विद्रोह गरेर माओवादी युद्धमा होमिएको बताउँछिन्।

‘सबैभन्दा तल्लो तहदेखि केन्द्रीय तहसम्म पुगेर काम गरिरहेको छु,’ आइतबार नेपालखबरसँग उनले भनिन्, ‘अहिले ओखलढुंगा जिल्ला इन्चार्ज पनि छु र अखिल नेपाल महिला संघको केन्द्रीय सचिव छु।’

उनी तीनपटक समानुपातिक सूचीमा परेर पनि सांसद बन्न नसकेको बताउँछिन्।

‘२०६४, २०७० र २०७९ मा मेरो नाम समानुपातिक सूचीमा परे पनि सांसद बन्न पाएको थिइनँ,’ उनले थपिन्, ‘यसपटक पार्टीले न्याय गरेको छ।’

बालुवाटारमा पुगेर प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डलाई भेटी आइतबार नै टिकट लिएको बताइन्।

‘अध्यक्षको हातबाट टिकट लिएँ, उहाँले (प्रचण्ड) मैले तपाईंलाई न्याय गरेँ, धेरै पहिलेदेखि सांसद बनाउन खोजे पनि सकेको थिइनँ, यो पटक बोल्ड डिसिजन गरेको छु भन्नुभयो,’ उनले सुनाइन्।

२०७४ को स्थानीय तहको चुनावमा उनी ओखलढुंगाको सुनकोशी गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेपनि पराजित भएकी थिइन।

उनी माओवादी केन्द्रबाट कुनै लाभको पद नपाउने नेतामध्येमा पर्छिन्।

श्रीकृष्ण अधिकारी– बागमती
बागमती प्रदेशबाट नुवाकोटका श्रीकृष्ण अधिकारी उम्मेदवार बनेका छन्।

जनयुद्धको सुरुवातदेखि भूमिगत भएका उनी अहिलेसम्म अवसर नपाउने नेतामध्येमा पर्छन्।

युद्धकै क्रममा उनी रामेछापको बेथानमा भएको लडाइँमा घाइते भएका थिए। पञ्चायती कालमा पनि भूमिगत राजनीति गरेका उनी अहिले माओवादी केन्द्रको प्रदेश सम्पर्क विशेष कमिटीका अध्यक्ष छन्।

मनरुपा शर्मा सुवेदी– गण्डकी
गण्डकीबाट मनरुपमा शर्मालाई माओवादीले राष्ट्रिय सभाको ६ वर्षे कार्यकालका लागि उम्मेदवार बनाएको छ।

पर्वतकी शर्मा द्वन्द्वपीडित एकल महिला हुन्।

२०६१ मंसिर १७ गते उनका श्रीमान् विजय सुवेदी सेनाबाट मारिएका थिए।

उनी २०६४ को संविधानसभा चुनावमा पर्वत क्षेत्र नम्बर १ बाट उम्मेदवार बने पनि नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीसँग उनी पराजित भएकी थिइन्।

उनी २०७९ को मंसिरमा सम्पन्न चुनावको समानुपातिक सूचीमा परेपनि सांसद बन्न सकिनन्।

झक्कु सुवेदी– लुम्बिनी
लुम्बिनी प्रदेशबाट यसपटक झक्कु सुवेदीलाई उठाउने माओवादीले निर्णय गरेको छ।

उनले २०६४ मा भएको पहिलो संविधान सभा चुनावमा काठमाडौँ क्षेत्र नम्बर २ बाट तत्कालीन एमालेका महासचिव माधवकुमार नेपाललाई पराजित गरेका थिए।

उनी २०७० को चुनावमा भने पराजित भए।

त्यसपछि राष्ट्रिय चर्चाबाट हराएका उनी अहिले माओवादी केन्द्रका केन्द्रीय सदस्य छन्। हाल उनी लुम्बिनी झरेका छन्।

२०४९ सालतिर तत्कालीन जिल्ला विकास समिति रोल्पाका सभापति पद छोडेर उनी युद्धमा होमिएका थिए।

विष्णु विक– कर्णाली
कर्णालीबाट उम्मेदवार बनाइएका विष्णु विक पनि युद्धकालीन पृष्ठभूमिकै माओवादी हुन्। कालीकोट निवासी उनी माओवादी जनयुद्धमा सुरुवातदेखि नै लागेको कर्णाली प्रदेश माओवादी केन्द्रका कार्यवाहक इन्चार्ज कालीबहादुर मल्लले नेपालखबरलाई जानकारी दिए।

मोहन वैद्यले पार्टी विभाजन गर्दा विष्णु उनीतिर लागेका थिए। तर, दुई वर्ष पनि नबसी फेरि प्रचण्डले नेतृत्व गरेको पार्टीमै फर्किए। कालीकोट जिल्ला इन्चार्ज रहेका उनी दलित मुक्ति मोर्चाको कर्णाली प्रदेश इन्चार्ज पनि छन्।

‘पार्टीमा इमान्दार, सोझो, अविचलित र अवसर नपाउने उहाँ पनि हो,’ मल्लले भने, ‘आन्दोलन र क्रान्तिप्रति प्रतिवद्ध उहाँले कहिले पनि नेताको वरिपरि घुमेर पद माग्नुभएन।’

‘माओवादीमा पसिना बगाएको र दुःख पाएको दलित नेतामा उहाँ पनि हो,’ मल्लले थपे, ‘मुख्यगरी स्वच्छ छवि भएको उहाँ माओवादी पार्टी बनाउने, संगठन बनाउन दिलोज्यान दिएर लाग्नुहुन्छ।’

रेणु चन्द– सुदूरपश्चिम
यसैगरी सुदुरपश्चिमबाट माओवादी केन्द्रले रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

चन्द पनि केन्द्रीय सदस्य हुन्।

बैतडी घर भएकी उनी २०६४ सालमा बैतडी क्षेत्र नं २ बाट संविधान सभा सदस्य निर्वाचित भइन्। उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीको सुदूरपश्चिम इञ्चार्ज छिन्।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाको उम्मेदवार चयनमा यसपटक सबैलाई न्याय गरेको बताएका छन्।

बालुवाटारमा टिकट दिन ६ जनालाई बोलाएका उनले माथिल्लो तहबाट निर्णय गराएको दाबी गरे।

‘यो पटक उम्मेदवार चयनमा मैले अलि माथिबाट निर्णय गराएको छु,’ प्रचण्डले भने, ‘अन्यायमा परेका कमरेडहरुलाई अवसर दिएर न्याय दिने कोसिस गरेँ। अब क्षेत्रमा लाग्नुहोला।’

यसअघि उम्मेदवार चयन गर्दा पैसा र नातेदार मात्र अघि बढाएको आरोप उनीमाथि लाग्ने गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com