ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बौद्ध गुरु उपाध्यक्ष डा. लामाद्वारा हिन्दू महायज्ञ उद्घाटन


ABC NEWS

काठमाडौं २० पुस । पछिल्लो समय मुलुकमा धार्मिक साम्प्रदायिकता विरोधी आवाजहरु उठिरहेको बेला रुपन्देहीको तिलोत्तमा भने धार्मिक सदभावको सन्देश देखिएको छ ।
हिन्दु धर्मसँग सम्बन्धित श्रीमद भागवत ज्ञान महायज्ञ एंव श्रृङारिक महाआरती कार्यक्रमको बौद्ध दर्शनका गुरु एंव लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले उद्घाटन गराएर धार्मिक सदभावको सन्देश दिनु भएको छ ।
पण्डित दीनबन्धु पोखरेल प्रमुख कथावाचक रहेको महायज्ञमा बौद्ध दर्शनका बारेमा देशविदेशमा प्रवचन दिने लामा प्रमुख अतिथि बनेर धार्मिक सद्भाव र नेपालीहरु एकताबद्ध रहेको सन्देश दिएका हुन । कोटहीमाई मन्दिर प्राङगण तिलोत्तमा नगरपालिका वडा न. १७ पकडीहवामा आयोजित महायज्ञमा विभिन्न हिन्दुधर्मका अगुवाहरुको उपस्थिती रहेको थियो । महायज्ञको उद्घाटन गर्दै कोषका उपाध्यक्ष डा. लामाले नेपाल धार्मिक सद्भाव र एकतामा लागि विश्वमै उदाहरणीय रहेको बताए । उनले ३ करोड नेपाली जनता एक आपसमा मिलेर अगाडि बढेको बताउँदै सबै धर्मका र सम्प्रदायविच बलियो एकता रहेको बताए ।
उनले हिन्दु धर्माम्बलम्बीहरु लुम्बिनी र स्वयम्भु सहज रुपमा जाने र बुद्धिष्टहरु पशुपती जाने गरेको बताउँदै सदभाव र सहकार्यमा नेपालीहरु एकताबद्ध रहेको बताए । ‘हिन्दुहरु सहजरुपमा लुम्बिनी र स्वयम्भु जानुहुन्छ, बुद्धिष्टहरु पनि पशुपतीमा जानुहुन्छ’ उपाध्यक्ष लामाले भने । उनले नेपालको संस्कृती, सदभाव र परम्परा एक आपसमा जोडिएको बताए । डा. लामाले बौद्धिष्टको मेडिटेशन र हिन्दुहरुको योग विश्वकै लागि नभई नहुने बनेको बताए । संविधानसभा सदस्य र पूर्व राज्यमन्त्री समेत रहेका उपाध्यक्ष लामाले नेपाल सबै धर्म, जातजाती र सम्प्रदाय मिलेर बसेको मुलुक भएकाले यस्तो खालको सदभावलाई भत्कन दिन नहुने बताए ।
उनले सबैको सम्मान जनक उपस्थिती हुनुपर्ने बताउँदै नेपालीहरुविचको एकतालाई साझा सम्पत्ति बनाउन सक्नुपर्ने बताए । नेपालीहरुविच जातजाती र विभिन्न धर्मका मानिसहरुविच एकतावद्ध रहेको उनले बताए । ‘हाम्रो भूमि बुद्धभूमि हो, ३ करोड नेपाली मिलेर बसेको देश हो, यस्तो देश संसारमा कतै छैन, त्यसैले हामी सबै मिलेर बस्नुपर्छ’ उनले भने ।
लुम्बिनी, सगरमाथा र पशुपतीलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि सबै एकजुट भएर लाग्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com