ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के भ्यालेन्टाइन फूल र वासनाको मात्र व्यापार हो ?


-शारदा शर्मा-

थाहा थिएन शहर भ्यालेन्टाइनले रंगिदा फूलहरुको बिक्रीसंगै मान्छेहरुको पनि मोलमोलाई यति सजिलै हुन्छ भन्ने । खुशी मनाउन अनेक बहाना खोज्नै पनि किन प¥र्ये र ? र पनि सभ्य समाजमा खुशीका पहेलीहरुमा गुजिल्टन खोज्दै स्वतन्त्रता र अधिकारका नाराहरुले अलि बढी नै गलाइसक्दा फरकपनको खोजीमा बरालिइरहेको समाजमा मानिसहरु भौतारिइरहंदा खै कति खुशी समेट्न सकेका छन् ? हुन त ग्ल्यामरको परिभाषा नबुझेर शारीरिक रुपमा पारदर्शी बन्नु परेको अवस्थामा अलि बढी नै अधिकारको गगनचुम्बी महलबाट तल फर्किंदा शायद आफैलाई अलि लाज लागेर आयो । सडकमा तछाड मछाड भ्यालेन्टाइनको थियो । फूलको ब्यापारले ब्यापारी जति खुशी देखिन्थ्यो, थाहा भएन ऊ मानसिक रुपमा किन अस्वस्थ देखिन्थ्यो । यसैले पनि देखाएको थियो अनगिन्ती गुलाबहरुले ब्यापार लिएको समय ब्यापारीको मात्र ब्यापार थिएन शहरमा मान्छेभित्रको आचरणको पनि ब्यापार अलि बढी नै देखियो ।

जीवन जगत सुख र खुशीको परिभाषालाई आआफ्नो तरिकाले बुझ्दै जादां शायद आजको समाजले स्वतन्त्रता र अधिकार यसैलाई मानेको हुनुपर्छ । मनमा अनेक कौतुहलता जाग्यो । प्रेम,संबन्ध र जीवनको स्वतन्त्र भोगाइको खोजीमा को कहांनेर बढी खुशी देखियो ? यसको लेखाजोखा गर्न निकै कठिन हुन थालेको छ। । अनेक स्वर्थका सरगमबीचबाट प्रेमको परिभाषा खोजिंदै जांदा धेरै प्रेमहरुको बिसर्जन भएर चिलबिलमा छटपटाइरहेको देखियो । जीवनको सुख र खुशको परिभाषालाई गलत रुपमा ब्याख्या गर्दै पवित्र संस्थाहरुको बिषयमा परम्परा भनेर नामाकरण गरिंदा खै कहांनेर को खुशी रहे त ? जान्न मन लाग्यो । हरेक कुरामा अनुशासित र सभ्य समाजको परिकल्पनाको पगरीभित्र आफ्नो आचरणहिन ब्यवहारको कुशल परिभाषा दिन पछि परेनौ हामी । अनि स्वतन्त्रता र अधिकारका फन्डाहरुले हाम्रो सुख र खुशीलाई सर्लक्कै निलिदिएछ । कता जांदैछ समाज ? फूलको गुच्छा किनेर प्रेममा डुब्न स्वतन्त्रताको बाटो अबलम्बन गर्दै सडक अलि पारी पुग्दा फेरि एउटा टीठ लागदो दृश्यले मन छोयो ।

प्रेमको भीख मागिरहेकी युवतीको हातमा भएको गुलाव सांच्चै झुकेको थियो । अचम्म लाग्यो आजको दुनियासंग प्रेमले गरेको के यो सांच्चै ठट्टा थियो या स्वतन्त्रताको प्रयोग ? खै किन हो मन चसक्क भयो । शयद पसिना नै छुटेछ क्यारे । अलि बढीनै ग्ल्यामरको ब्याख्यामा आफूलाई ढाल्न नसकेर पनि हो की ? मैले जीवन सडक पेटीबाटै नियालें । काम गरेर पसिनाको ब्यापार गर्ने मेरी हजुरआमा र हजुरबाभित्रको गहिरो प्रेमले बढीनै नोस्टाल्जिक बनायो । उहिलेको अनपढ परम्परा र आजको शिक्षित सभ्यतामा कुन सही थियो ? भैसी किन्न आएका छिमेकीलाई बुढीले मानेकी छैन भनेर पठाएपछि हजुर बा ले हजुरआमासंग गरेका कुराकानी सम्झिंदा लाग्यो मेरा हजुरबा हजुरआमाको प्रेम महान थियो । सांच्चै शासककै रुपमा प्रस्तुत हुने हजुरआमाले के स्वतन्त्रता र अधिकार नपाई मरिन ? अंह पत्याउनै गाह्रो भयो । खास के हो त स्वतन्त्रता ? जुन स्वतन्त्रताले मान्छे खुशी र सुखी रहनै सकेको छैन त्यसलाई स्वतन्त्रता मान्नै तयार भएन मन । पैसाले किनेको खुशी कसरी दिगो हुनसक्छ र ? किनेको खुशी प्रयोग गरेपछि त्यसको महत्व त्यतिनै बेला समाप्त भैसकेको हुन्छ, त्यसैले पनि होला मानिसको खुशी हराइसकेको अनुभव भयो ।

शायद मैले बुझेको जीवनको खुशीमा अनुशासन र नियमहरु छन् । स्वतन्त्रताको मेरा आफ्नै मान्यताहरु छन् । जहां मान्छे रमेर बांच्न सकेको छ त्यहां हरप्रकारका स्वतन्त्रताहरु छन् । रमेर बांच्ने चाहनामा कतिपय नियमहरुले ट्रयाक छोड्यो भने सांच्चै जीवन बोझ बन्न थाल्छ । खुसीको बहानामा चालिएका कदमहरुले आफैलाई जिस्काउदा यौटा सुन्दर जीवनको अवसान हुन पुग्छ । कसैले कसैको दबावमा बस्ने हैन, तर केही नियमहरुलाई पालना गर्नै नसक्नेहरु सुखी र खुशी नहुन सक्छ । हरेक पललाई प्रत्येक बिहानी घामसंगै उदाउने नयांपन जसरी जीवनलाई महसुस गर्न सक्नेहरु अंध्यारोमा पनि रमाउन सक्छन् । उज्यालोको कल्पनामा । हुन त सोच आ–आफ्नो हो । आकाश धमिलो हुदै गयो । पानी त पक्कै पर्ने छैन ।

म बाटो काट्नै लाग्दा हातमा झुकेको फूल समाएर उनी मेरै अगाडी उभिएकी थिइन । सोधें भ्यलेन्टाइनको गुलाव ? तर किन निराश त तिमी ? एकैछिन बोलिनन् । मलाई केको चासो बाटो काट्न हिड । हैन सुन्नुस् न दि, म रोकिएं के भो ?
सामाजिक सन्जालबाटै बिस्तार भएको प्रेमले केही समय पनि लिन सकेन आखिर किन ?अनेक दुःखले शहर तानेको समय पढाईसंगै जागिर पनि त थियो । तर संगै मर्ने कसम खाएर तनमन सुम्पेको प्रेमले तीनवटा भ्यालेन्टाइन पनि पार गर्न सकेन । भयो के त ? के भएन ? हरेक कुरा भयो । भएन त बिहे । अनि टिकेन सम्बन्ध । उनले भन्दै जांदा मैले पनि उनलाई रोकेर भनें, किन गर्न प¥यो बिहे ? यो त बन्धन हैन र ? बिहे नगरीकन बस्ने लिभिङटुगेदरको जमानामा किन गर्नुप¥यो बिहे ? बच्चा त जसरी जन्माए पनि त भयो । यही हैन र स्वतन्त्रता ? खुशी जहांबाट जसरी समेट्न सके पनि त भयो । शायद मेरो कुरा व्यंग्य जस्तो लागेछ क्यारे उनी पुरै निराश बनिन । नियम बिनाको स्वतन्त्रताले बासना पुरा ग¥यो । खुसी दिन सकेन । अनुशासन र अनुसरण बिनाको यात्राले क्षाणिक सन्तुष्टि भएको अनुभव मात्र भयो । आत्मसम्मान र सुख दिन सकेन । शायद यसैले मेरो प्रेमको बिसर्जन भयो । आफैले आफैलाई जीवनभर माफ गर्न नसक्ने मेरो प्रेम, प्रेम थिएन । सांच्चै हो प्रेमका आफ्नै नियमहरु छन, जुन नियम र अनुशासनको जगमा उभिएर प्रेमको उडान भर्न सक्नेहरु नै यसमा सफल छन् । जहां नियम र अनुशासनलाई बन्धन ठानिन्छ, त्यहां कि त विसर्जन छ, कि त डिप्रेसन । अचम्म लाग्यो यतिधेरै ज्ञान हुदां पनि किन असफल भयो त प्रेम ? शायद त्यहांका नियम र अनुशासनलाई पक्कै बन्धन र बाध्यता ठानियो ।

किन स्वतन्त्रताको गलत प्रयोगले ? आधुनिकताले या के ले त ? खास प्रेम केहो ? पाउनु सुम्पिनु अनि समाप्त हुनु ? के यसका कुनै नियम हुंदैनन् ? यसमा कुनै अनुशासन र मान्यताहरु हुंदैनन् । त्यसैले त सम्बन्धहरु बिसर्जन भैरहेको छन । जहां समर्पण भन्दा स्वार्थ छ, प्रेमभन्दा पनि बासना छ, अनुशासन भन्दा बढी उछृंखलता छ अनि कसरी टिक्छन् सम्बन्धहरु ? यो गुलाबले समेत मानिसलाई जिस्काइरहेको छ । के तिमीले यति पनि बुझ्न सकिनौ ? उनको आंखा रसाए ।
जीवन एउटा पाठशाला हो । हरेक पाठशालाका आआफ्नै नियम र मुल्य, मान्यताहरु छन । जुन नियमहरुलाई मान्दा आफूलाई कमजोर महशुस नहुनेहरु छन् । उनीहरु सांच्चै सडकमा पनि खुशी छन् र महलमा पनि । जस्लाई ति नियम र मुल्य मान्यताहरुले बांधिएको महसुस हुन्छ । अनि स्वतन्त्रताको उडान भर्ने बहानामा आफ्नै अगाडीको भंगाल मापन गर्न नसकेर पछारिन्छन् ? कति उत्रिन खोज्छन् र पनि घाइते भएर बांच्नु पर्दा अलि नमिठो फिल गर्छन, कति जीवनभर औषधीकै भरमा बांचिरहेका हुन्छन् । जहां तिमीलाई धोका भयो त्यहांबाटै कसैको उद्दार पनि भएको होला । एकपटक चोट लागेको उपचार अलि सजिलो हुन्छ । पटकपटक चोट लाग्दा घाउ निको हुनै सक्दैन । त्यसैले के जीवनका पाठशालाहरु भित्रका नियमहरुलाई अझै पनि तोड्न चाहान्छा ? मैले सोधें, कति कुरा बुझिन उनले खै ? हातमा समाएका गुलाबका पत्ताहरु झरिसकेका थिए । एउटा सुन्दर जीवनको कलपनामा मगमगाएका पहेलीहरु पत्ता बनेर झरीरहंदा अन्तिममा उनी पटक्कै निराश थिइनन् खै के सोचिन ?

जहां नियमहरु हुन्छन्, त्यहां अनुशासन पनि त हुन्छ । नियम र अनुशासन बिनाको स्वतन्त्राले बिसर्जन गराउने कुरा मन प¥र्याे दि । आज भ्यालेन्टाइनको बहानामा मान्छेको समेत ब्यापार भैरहेको छ । के यी खरिद बिक्रीको खेलका पत्ताहरु संधै एक भएर मुस्कुराउन सक्छन् ? असम्भब छ । आखिर प्रेम सम्बन्ध यौटा मिठो अनुभूति हो जहां अनेक फूलहरु मगमगाएको हुन्छन । जीवन जीउन जान्नेहरु प्रत्येक पललाई नयांपनले भर्न सक्छन् न त्यहां बन्धन हुन्छ न स्वतन्त्रताको खोजी । खुशी र सुखी हुन ति प्रत्येकपल नै नयां हुन्छन् । आखिर अनुभूति र महसुस न हो । तर आजको पुस्ता फरक अनुभवको लागि विना नियमका रसीहरुमा टेकेर मापन बिनाको भंगालामा हाम फालिरहेको छ । त्यसैले त हरेकतिर बिसर्जन छ । नियमहरुलाई बन्धन ठानेर स्वतन्त्रताको उडान भर्न खोज्दा मेरो भ्यलेन्टाइनको पनि त बिसर्जन भयो । सांच्चै हो दि, जीवन जिउन जान्नेहरुले यस पाठशाला भित्रका नियमहरु मान्नै पर्छ । अब म दुखी हुने छैन । मेरो नाम अकल्पिता म बैंङकमा काम गर्छु ।

आफ्नो परिचय दिएर उनी मुस्कुराउदै बाटो काट्दा मैले आफ्नो सिंगो लाइफ नियालें । सांच्चै चौबिस बर्षको लाइसेन्समा पांच, छ बर्षको लाइसेन्स बिनाको भ्यलेन्टाइनले नियम र अनुशासनलाई बन्धन ठानेको भए कहां सफल हुन्थ्यौ र हामी ? नियम र अनुशासित रुपमा चलाइएका हर संस्थाहरु मजबुत र सफल हुन्छन् । त्यसैले अनुशासित रुपमा जीवनलाई अगाडि बढाऊं र हरेक पल सुख र खुशीको अनुभूति गरौं । शायद मलाई भ्यलेन्टाइनको अर्थ थाहा छैन, आफुभित्र एक्लै बोल्दै बाटो काट्नै थाल्दा फेरी फूलवालाले बाटैमा गुलाब किन्न अनुरोध ग¥यो र भन्यो दि, आज त भ्यलेन्टाइन डे होनी ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com