ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारीकी छोरीलाई जागिर खुवाउन कार्यपालिकाको निर्णय फेर्दा बालेनले ३ कर्मचारी निलम्बन गरे


एबीसी न्यूज

काठमाडौ १७ पौष । कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बनमा परेका छन् । मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपानेसहित स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र सम्पदा तथा पर्यटन विभागकी वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका हुन् । मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न निर्देशन दिएका छन् ।

‘छानबिन अघि बढ्ने भएपछि प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा बस्न भनिएको हो’, नगर कार्यपालिकाले गरेको निर्णय आफूखुशी परिवर्तन गराएको पाइएपछि उनीहरुलाई सोमबार मेयर शाहले निलम्बन गरेको महानगर स्रोतले बतायो ।
वरिष्ठ शाखा अधिकृत बिडारीले छोरीलाई करारमा जागिर खुवाउन कार्यपालिकाको निर्णय फेरेको बताइएको छ । तर, निर्णय लेखिँदा संख्या थप भएपछि मेयर शाहले नै यसबारे छानबिन थालेका हुन् ।

एक कर्मचारीको छोरीलाई जागिर दिलाउन मिलेमतोमा संख्या थपिएको पाइएको छ’, स्रोतले भन्यो, ‘कार्यपालिकाको निर्णय नै तोडमोड गर्ने अधिकार कसैलाई हुँदैन ।’नगरसभाले ५ जना कर्मचारीको करार सेवा अवधि थप गर्ने निर्णय गरेको थियो । तर, बिडारीले आफनी छोरीलाई जागिर खुवाउन निर्णयभित्र घुसेर ५ जनाको ठाउँमा ६ जना बनाएर छोरीको नाम थप गरेको पाइयो ।’

बैठककै निर्णय उल्टाएको सम्बन्धमा प्रश्न उठेपछि थप अनुसन्धान गर्न उनीहरु निलम्बनमा परेका हुन् । कार्यपालिकाको बैठकका निर्णयहरु प्रमाणीकरण प्रमुख प्रशासकीय अधिकृतले गर्छ। त्यसपछि मात्रै मेयरको कार्यालयमा जाने गर्छ । मेयरज्यूकहाँ आउँदा ६ जनाको आयो । ६ जना कसरी आयो भनेर हेर्दा महानगरको कर्मचारीकी छोरीलाई जागिर दिन रहेछ’, स्रोतले भन्यो । प्रमुख प्रशासकीय अधिकृत नै संलग्न भएको घटना भएकाले छानबिन समिति नबनाइ मेयर आफैंले अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com