ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुग्यो


एबीसी न्यूज
पुस १७, २०८० मंगलबार  १ : ०९ बजे

काठमाडौं १७ पौष । जापानमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । मध्यजापानको इशिकावा प्रान्तमा केन्द्रविन्दु भएर सोमबार ७।६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यस क्षेत्रमा पर्ने रहेको नोटो विमानस्थलमा समेत क्षति पुगेको र मानिस अलपत्र परेको जनाइएको छ । भूकम्पबाट ठूलो मानवीय र भौतिक क्षति भएको जापानका प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन् ।

जापानको वाजिमा सहरमा भत्केर भग्नावशेषमा परिणत भएर धुवाँ उडिरहेका घरको दृष्य सार्वजनिक भएको छ । त्यहाँ १५ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।  करिब एक हजार उद्धारकर्ताले भग्नावशेषमुनि फसेको हुन सक्ने मानिसको खोजी गरिरहेको बताइएको छ ।

j6-1704175553.jpg

 

जापानको सेनाले घर छाड्नुपरेका मानिसलाई खाना, पानी र कम्बललगायत सामग्री दिइरहेको छ ।

जापानको मौसम विज्ञान कार्यालयले सोमबारयता देशमा ७।६ म्याग्निच्युड र अर्को ६ म्याग्निच्युडसहित १५५ भूकम्प÷परकम्प गएको जनाएको छ ।

भूकम्पपछि दिइएको सुनामीको चेतावनी अहिले जोखिम घटेपछि हटाइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जापानलाई आवश्यक परे सहयोग गर्न तयार रहेको बताएका छन् ।

भूकम्पका कारण भत्किएका घर, च्यापिएका गाडी र धुवाँ उडिरहेको भग्नावशेषको तस्बिर अहिले सामाजिक सञ्जालमा पोस्ट गरिएको देखिन्छ ।

जापानमा प्रत्येक वर्ष औसतमा करिब एक हजार ५०० भूकम्प जाने गर्छ ।

सन् २०११ मा गएको विनाशकारी भूकम्प र त्यसपछि आएको सुनामीले फुकुसिमाको आणविक प्लान्टमा दुर्घटना निम्त्याएको थियो । त्यति बेला १९ हजार ७५० भन्दा बढी मानिसको मृत्यु भएको थियो । बीबीसीबाट ।

j10-1704175554.jpg

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

एक सातापछि काठमाडौं फर्किए ओली

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com