ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री कप महिला टी-२० : सुदूरपश्चिम क्वालिफायरबाटै बाहिरियो


एबीसी न्यूज
पुस १६, २०८० सोमबार  २ : ३४ बजे

काठमाडौं १६ पौष । साविक विजेता सुदूरपश्चिम प्रदेश काठमाडौँमा जारी प्रधानमन्त्री कप महिला टी २० प्रतियोगिताको क्वालिफायरबाटै बाहिरिएको छ।

सोमबार भएको दोस्रो क्वालिफायरमा कोशी प्रदेशसँग १० विकेटको फराकिलो हार व्यहोर्दै सुदूरपश्चिम बाहिरिएको हो।

अघिल्लो संस्करण सुदूरपश्चिमले कोशी प्रदेशलाई नै हराउँदै उपाधि जितेको थियो।

 

कोशीले अब उपाधिका लागि बुधबार एपीएफको सामना गर्नेछ। कोशी प्रदेश पहिलो क्वालिफायरमा एपीएफसँग ५२ रनले पराजित हुँदै दोस्रो क्वालिफायरमा खेलेको हो।

सुदूरपश्चिमले दिएको ८९ रनको सामान्य लक्ष्य कोशीले १३ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो।

पहिलो विकेटका लागि कप्तान रुविना क्षत्री र काजल श्रेष्ठले ५९ रनको साझेदारी गर्दै कोशीलाई जित नजिक पुर्याएका थिए। कप्तान रुविनाले २३ बलमा ७ चौका र १ छक्का मद्धतमा ३७ रन बनाउँदा क्याच आउट भइन्।

काजल श्रेष्ठ ३८ र अप्सरी वेगम १२ रनमा नटआउट रहे। काजलले ३५ बलमा ७ चौका प्रहार गरिन्। अप्सरीले २१ बलमा २ चौका हानिन्।

सुदुरपश्चिमका लागि लक्ष्मी साउदले १ विकेट झारिन्। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८८ रनको योगफल तयार पार्यो।

सम्झना खड्काले बनाएको २५ रन नै कोशीका लागि सर्वाधिक रह्यो। २४ बलमा ४ चौका प्रहार गरिन्।

ओपनर बिन्दु रावल १७ रनमा रन आउट भइन्। रेवती धामी ४ रनमा बोल्ड आउट भइन्। कविता धामी १५ रनमा क्याच आउट भइन्।

रुवि पोडार र अनु कठायत समान ७ रन बनाउँदा आउट भए। लक्ष्मी साउद ७ र सावित्री धामी शुन्य रनमा नटआउट रहे। कप्तान रितु कनौजिया शुन्य रनमा रनआउट भइन्।

कोशीका लागि संगिता राईले दुई विकेट लिइन्। सवनम राई, नशिा शाह र एलिसा खाडियाले एक विकेट झारे।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

सम्बन्धित

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

कांग्रेसको ‘होम ड्यूटी’ रणनीति: ‘जहाँ जिम्मेवारी, त्यहीँ खटिने’

स्वास्थ्य बीमा ‘राष्ट्रिय गौरव’को बहस : गगन थापाको घोषणा, सम्भावना र चुनौती

म यसकारण ‘विचौलिया’ –डा मिनेन्द्र रिजाल (भिडियो वार्ता)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com