काठमाडौ १६ पौष ।
बाँकेको डुडुवा गाउँपालिका(६ नौबस्तास्थित जयेन्दु बाल सुधार गृहमा फेरि तनाव सिर्जना भएको छ । बालसुधार गृहमा राखिएकाहरु आफू(आफूमा लड्ने र सुधारगृह तोडफोड गर्ने गरेका छन्, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी नारायण डाँगीले भने, ‘स्थिति नियन्त्रणमा लिने प्रयास जारी छ ।
’घटनामा केही व्यक्तिहरु सामान्य घाइते भएका छन् । उनीहरुले कसैलाई पनि सुधारगृह भित्र प्रवेश गर्न नदिएकाले भित्रको अवस्था विस्तृतमा थाहा हुन सकेको छैन ।बाल सुधार गृहमा सिभिलमा खटिएका प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि नेपालगञ्जबाट थप प्रहरी टोली गएका थिए । तर प्रहरीलाई सुधार गृहमा बल प्रयोग गर्ने अधिकार नभएकाले स्थिति नियन्त्रणमा आउन सकेको छैन ।
यद्यपि अवस्था सामान्य बनाउने प्रयास भइरहेको बाँके प्रशासनले जनाएको छ ।गए राति मानव अधिकार आयोगको क्षेत्रीय कार्यालयका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसहितको टोली सुधारगृह पुगेर फर्किएको थियो ।
यसअघि पनि बाँकेको जयेन्दु बालसुधार गृहमा झडप, आगजनी र तोडफोडका घटना भएका थिए । सो घटनामा परी रुपन्देहीका २१ वर्षीय युवकको ज्यान समेत गएको थियो भने एक दर्जन बढी घाइते भएका थिए । भक्तपुर र वीरगञ्जका बालसुधार गृहमा पनि तनाव सिर्जना भएको थियो ।








प्रतिक्रिया दिनुहोस्