ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुप्रिमो सहकारीसँग मेरो कुनै कारोबार र संलग्नता छैन : रवि लामिछाने


ABC NEWS

काठमाडौँ १२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले बुटवलको सुप्रिमो सहकारीसँग आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । उनले उक्त सहकारीमा आफ्नो कुनै खाता नभएको आफू बचतकर्ता पनि नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै लामिछानेले कान्तिपुर दैनिकले सहकारी घोटालामा रवि लामछिानेको प्रत्यक्ष संलग्नता भन्ने समाचारको खण्डन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘कान्तिपुरले सुप्रिम सहकारीको रकम गोरखा मिडिया नेटवर्कको खातामा सिधै ट्रान्सफर गरियो र त्यो काम मैले गरेको आरोप लगाएको छ र त्यसमा अक्षर त्यति प्रष्ट नभएको एउटा डिपोजिट स्लिपलाई प्रमाण देखाउन खोजिएको छ। मेरो प्रत्यक्ष संलग्नता हुन सुप्रिम सहकारीमा मेरो खाता हुनुपर्यो, अनि मैले त्यसका बचतकर्ताको रकम त्यसमा सारेको हुनुपर्यो, त्यसपछि त्यो सहकारीको खातामा रहेको रकम मैले गोरखा मिडिया नेटवर्कको बैँक खातामा सारेको हुनुपर्यो।’

‘समाचारमा नै सहकारीको रकम ट्रान्सफर गर्न सहकारीका कर्मचारीलाई लगाइएको लेखिएको छ। यसबाटै म यसमा प्रत्यक्ष संलग्न नरहेको पुष्टि हुन्छु,लामिछानेले भनेका छन् ।

फगत् एउटा डिपोजिट स्लिपमा मेरो पनि नाम कसैले लेखेकै भरमा मेरो प्रत्यक्ष संलग्नता भएको ठूलो हेडलाइनसहितको समाचार बन्न यस्ता सामान्य आधारभूत तथ्यमा समेत विचार गरिएन। कसैले कैलाश सिरोहियाको नाममा कसैको बैँक खातामा रकम जम्मा गरिदियो भने दोषी त्यो मान्छे हुन्छ कि कैलाश सिरोहिया? फेरि बैँकले एक लाख रुपैयाँभन्दा बढी नगद खातामा जम्मा गर्दा डिपोजिट गर्नेको परिचय खुल्ने कागजात पनि माग्ने कुरा त सबैलाई थाहै भएको कुरा हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com