ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चको आदेश विपरीत बार काउन्सिलले परीक्षा सञ्चालन गर्न लागेको भन्दै विरोध


एबीसी न्यूज

काठमाडौं, ११ पौष । नेपाल खुला विश्वविद्यालय कानुन संकायका विद्यार्थीले सर्वोच्चको आदेश विपरीत बार काउन्सिलले परीक्षा सञ्चालन गर्न लागेको भन्दै विरोध जनाएका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले पुस ६ गते बार काउन्सिललाई खुला विश्वविद्यालयका विद्यार्थीहरूलाई परीक्षामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशपछि काउन्सिलले यसअघि घोषित परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै खुला विश्वविद्यालयका विद्यार्थीलाई माघ २६ र २७ मा छुट्टै परीक्षा सञ्चालन गर्ने गरी सूचना जारी गरेको छ ।

उक्त सूचना सच्याउन विद्यार्थीले काउन्सिलमा गरेको माग सम्बोधन नभएपछि अदालतको अवहेलना मुद्दा दायर गर्न लागेका छन् ।

“सर्वोच्चको संवैधानिक इजलासले बार काउन्सिलको परीक्षामा खुला विश्वविद्यालयका विद्यार्थीहरूलाई संलग्न गराउन अन्तरिम आदेश जारी गरेको हो । एउटै उपाधिका लागि हामीलाई छुट्टै परीक्षा सञ्चालनका लागि होइन,” खुला विश्वविद्यालयका काुननका विद्यार्थी कृष्णमुरारी पुडासैनीले बाह्रखरीसँग भने, “एउटै परीक्षा फरक फरक प्रश्नपत्रमा गराएपछि टपर को हुन्छ रु फेरि हामीमाथि आग्रह राख्ने र सहभागी नै हुन नदिने निर्णय गरिसकेको परीक्षा समितिबाट कसरी निष्पक्ष परीक्षा सञ्चालन हुन सक्छ रु”

उनले त्यही कारण वर्तमान परीक्षा समितिका सबै पदाधिकारीले राजीनामा दिनुपर्ने र नयाँ परीक्षा समिति गठन हुनुपर्ने माग गरेको बताए । काउन्सिलले यही पुस १३ र १४ गते गर्न लागेको परीक्षा रोक्नु पर्ने वा एक घण्टा समय सारेर भए पनि आफूहरूलाई पनि सहभागी गराइनुपर्ने उनीहरूको माग छ ।

सर्वोच्च अदालत संवैधानिक इजलासले यही पुस ६ गते काउन्सिलको परीक्षामा खुला विश्वविद्यालयका विद्यार्थीहरूलाई पनि परीक्षामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वमा न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगाना रहेको संवैधानिक इजलासले खुला विश्वविद्यालयका विद्यार्थीहरूलाई समेत परीक्षामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको थियो ।

“नेपाल खुला विश्वविद्यालय ऐन २०७३ स्थापित विश्वविद्यालयबाट सञ्चालित शैक्षिक कार्यक्रमबमोजिम उपाधि प्राप्त व्यक्तिहरूलाई नेपाल कानुन व्यवसायी परिषद् ९कानुनी शिक्षा० नियमावली, २०७७ जारी ९२०७७र१२र०१० हुनुभन्दा अगाडिदेखि नै कानुनको स्नातकको अध्ययन कार्यमा संलग्न रही उपाधि हासिल गरेको व्यक्तिको हकहितमा प्रतिकूल असर पर्नेगरी नियममा अन्यता सर्तहरू राखी परीक्षामा सामेल हुन दिनबाट बञ्चित गर्नु मनासिव देखिएन,” संवैधानिक इजलासको आदेशमा भनिएको छ, “तसर्थ, नेपाल कानुन व्यवसायीबाट मिति २०७९र०४र१९ मा भएको निर्णय प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनु तथा निवेदनमा माग भए बमोजिम दरखास्त लिई परीक्षामा सामेल हुन दिनु दिलाउनु भनी सर्वोच्च अदालत ९संवैधानिक इजलास सञ्चालन० नियमावली, २०७२ को नियम १९९४० बमोजिम अन्तरिम आदेश जारी गरिएको छ ।”

तर, बार काउन्सिलले भने पुस ८ गतेको बैठकमा तोकिएका परीक्षा तोकिएको मितिमै सञ्चालन हुने र खुला विश्वविद्यालयका विद्यार्थीको हकमा आवश्यक व्यवस्थापकीय तयारी पछि निर्णय गर्ने गरी सूचना प्रकाशित गरेको छ ।

त्यहीअनुसार अर्को सूचना प्रकाशित गरी माघ २६ र २७ गते काठमाडौं उपत्यकामा परीक्षा सञ्चालन हुने भन्दै आवेदन फारम अनलाइन माध्यमबाट भर्न भनेको छ । त्यसविरुद्ध विद्यार्थीहरू अदालतको अवहेलनाको निवेदन लिएर पुनः सर्वोच्च पुगेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com