ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजेन्द्र महतो-मधेशवादी दल समाप्त हुने बाटोमा छन्


एबीसी न्यूज

काठमाडौं, १० पौष । लोकतान्त्रिक समाजवादी पार्टीलोसपा का वरिष्ठ नेता राजेन्द्र महतोले मधेशवादी भनिएका दलहरू समाप्त हुने बाटोमा रहेको बताएका छन् । नेता महतोले जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकार छोडेर संघर्षमा नआए समाप्त हुने तथा नया शक्तिको उदय हुने बताएका हुन् ।

सप्तरीको राजविराजमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता महतोले मधेश आन्दोलनलाई राज्यले अपराधीकरण गरिरहेको र त्यो सरकारमा मधेशवादी पार्टी सामेल रहनुले उनहरूले समाप्तिको बाटो रोज्नु जस्तै रहेको बताए । नेता कार्यकर्तामाथि मधेश अन्दोलनकै कारण आजीवन कारावास भइरहँदा एकथान मन्त्रीका लागि सतामा टाँसिइरहनु मधेशवादी दलहले समाप्तिको बाटो रोज्नु जस्तै भएको महतोको भनाइ छ ।

मधेश आन्दोलनका क्रममा महोतरीमा भएको सुरक्षाकर्मीको हत्याको विषयमा अभिराम शर्मासहितलाई आजीवन कारावाससहितको सजाय भइरहँदा मधेशवादी दल चुप लागेर बस्नु मधेश आन्दोलनलाई अपराधीकरण गर्ने र्फको सरकारी सोचमा समर्थन गर्नु रहेको महतोको भनाइ छ ।

‘मधेश आन्दोलन तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा भएको थियो,’ नेता महतोले भने,‘मधेश आन्दोलनमा लागेकाहरूलाई मुद्दा लगाएर आजीवन कारावास हुँदै गर्दा आह्वानकर्ता दल र तिनका नेताको चुप्पी शंकास्पद छ ।’

नेता महतोले झापा विद्रोह, र माओवादीको ‘जनयुद्ध’ लाई विद्रोह मान्ने तर मधेश आन्दोलनलाई अपराध मान्ने काम भए मधेशमा नयाँ शक्तिको उदय हुने पनि चेतावानी दिए । महतोले आफ्नै पार्टी लोसपालाई ‘लोसे पार्टी’को संज्ञा दिए । लोसपामा आन्तरिक संघर्ष चर्किएको उल्लेख गर्दै भने, ‘लोसपालाई अब मान्छेले लोसे पार्टी भन्न थालिसकेका छन् ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com