ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा थन्डर्सलाई हराउँदै एनएसएलको फाइनलमा प्रवेश गर्‍यो धनगढी


एबीसी न्यूज
पुस १०, २०८० मंगलबार  ४ : १३ बजे

काठमाडौं, १० पौष । दशरथ रंगशालामा सोमबार लाग्थ्यो, धनगढीलाई जिताउन प्रकृति नै मिहिनेत गरिरहेको छ । नेपाल सुपर लिग एनएसएलको पहिलो क्वालिफायरमा धनगढीले पोखरा थन्डर्सलाई पेनाल्टीमा हराउँदै फाइनलको यात्रा तय गर्‍यो ।

यी दुई टिमले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबलको उच्च रोमाञ्चकता प्रदान गरे । सोमबारको खेलले गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकपको फाइनल अर्जेन्टिना र फ्रान्सबीचको खेल सम्झाइरहेको थियो ।

पेनाल्टीमा युगलकिशोर राईको धनगढी एफसी भाग्यशाली बनेपछि एनएसएलको फाइनलमा प्रवेश गर्‍यो । खेलमा पोखराले तीन पटकको अग्रता जोगाउन सकेन । निर्धारित र अतिरिक्त समय २–२ को बराबरीमा टुंगिएपछि खेलको निर्णयका लागि पेनाल्टी आवश्यक परेको हो । जसमा धनगढीले नतिजा ४–३ ले आफ्नो पक्षमा पार्दै लगातार दोस्रो पटक फ्रेन्चाइज लिगको फाइनल यात्रा तय गर्‍यो ।

पहिलो हाफमा पोखरा १–० ले अघि थियो । मार्की आयुश घलानले पाँचौं मिनेटमा नै पोखरालाई अग्रतामा राखेका थिए । तर, दोस्रो हाफमा धनगढी खेलमा फर्कियो । ५४औं मिनेटमा कप्तान देवेन्द्र तामाङले गोल गर्दै साविक उपविजेतालाई खेलमा फर्काए ।

निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा पुनः पोखराले अग्रता बनायो । १०२औं मिनेटमा फ्रयांकलीन टलाको हेडर गोलमार्फत पोखराले २–१ को अग्रता बनाएको थियो ।

तर, अतिरिक्त समयको अन्तिम मिनेट पोखरा सम्हालिन सकेन । १२०औं मिनेटमा अहमद हिजाजीले सनसनीपूर्ण गोल गर्दै धनगढीलाई खेलमा फर्काए । अन्तिम मिनेटमा खेल चलिरहँदा रंगशालामा उपस्थित केही दर्शक पोखराको जितलाई स्वीकार गरेर घर फर्किन गेटतर्फ अघि बढ्दै थिए । तर, अन्तिम मिनेटमा हिजाजीको सनसनीपूर्ण गोलले दर्शकलाई पेनाल्टीसम्म कुर्नुपर्ने बनायो ।

“हाम्रो लागि निकै गाह्रो थियो । हामी पेनाल्टीसम्म आइपुग्दा पनि पछि परिरहेका थियौं,” खेलपछि जितको भावना पोख्दै धनगढीका मुख्य प्रशिक्षक युगलकिशोर राईले भने ।

पहिलो क्वालिफायरलाई एनएसएलको अहिलेसम्मकै सबैभन्दा रोमाञ्चक खेल बताउने राईको प्रतिकृयामा सायदै कसैको आपत्ति होला । खेलका दौरान भएका करिब एक दर्जन बढी आक्रमणले पनि राईको दाबीलाई समर्थन गर्छ । राईले यो जितको श्रेय भगवानलाई दिन कुनै हिचकिचाहट देखाएनन् ।

“आजको खेल यो एनएसएलकै सबैभन्दा उत्कृष्ट खेलमध्येको एक थियो । फुटबलमा तीन पटक कमब्याक गर्न एकदमै गाह्रो कुरा हो । हाम्रा खेलाडीहरू अन्तिमसम्म जसरी खेले, त्यसले हामी यो जितका लागि योग्य छौँ भन्ने देखाउँथ्यो । भगवानले पनि हाम्रो मिहिनेतलाई हेरेजस्तो लाग्यो,” राईले थपे ।

१२० मिनेटको खेलमा दुई पटकको अग्रता जोगाउन नसकेपछि पोखरा पेनाल्टीसम्म धकेलियो । पेनाल्टीमा पनि पोखराले नै अग्रता बनाएको थियो । तर, पोखराले त्यसको पनि फाइदा उठाउन सकेन । पोखराका मुख्य प्रशिक्षक नवीन न्यौपाने पनि मान्छन्, धनगढीको दिन थियो ।

“आज धनगढीकै दिन रहेछ भन्ने महसुस भयो । हामीले पेनाल्टीमा पनि लिड गरेका थियौं,” न्यौपानेले भने ।

पेनाल्टीमा आयुशको असफल ‘पेनेन्का’
पेनाल्टीमा पहिलो प्रहारका लागि धनगढीका रिचार्ड ओसेई आएका थिए । उनले कुनै गल्ती नगरी बललाई जाली चुमाए ।

खेलको अन्तिम मिनेटमा गोल गर्दै धनगढीलाई बराबरीमा फर्काएका हिजाजी पेनाल्टीमा भने सफल हुन सकेनन् । हिजाजीको प्रहार गोलकिपर प्रिसोले बचाएपछि पोखरालाई एक गोलको ‘एडभान्टेज’ भएको थियो ।

धनगढीबाट ओसेई र दोस्रो प्रहारका लागि आएका फोडे फोफानाले कुनै गल्ती गरेनन् । तर, तेस्रो प्रहारका लागि आएका हिजाजीको प्रहारलाई प्रिसोले रोके ।

पोखराबाट पहिलो प्रहारका लागि आएका कप्तान दिनेश राजवंशी, दोस्रोका प्रहारका लागि आएका एन्जल महर्जन, तेस्रोमा आएका सुरजजिउ ठकुरीले गोल गरेपछि ३–२ को अग्रता बनाएको थियो ।

यसपछि धनगढीबाट चौथो र पाँचौं प्रहारका लागि आएका आशिष चौधरी र देवेन्द्र तामाङले गोल गरे । तर, पोखराका चौथो र पाँचौं प्रहारमा भने धनगढीका गोलकिपर मोहमद ताहा पर्खाल बने । पोखराबाट चौथो नम्बरमा आएका मोसेस ग्यावाको प्रहारलाई ताहाले रोके ।

यसपछि धनगढीबाट पाँचौं नम्बरमा आएका कप्तान देवेन्द्रले गोल गर्दा पेनाल्टी ४–३ को अवस्थामा थियो । अर्थात, पेनाल्टीलाई सडन डेथसम्म लम्ब्याउन पोखरालाई पाँचौं पेनाल्टी गोल गर्नै पर्ने दबाब थियो ।

पाँचौं प्रहारका लागि आएका आयुशले पेनाल्टीमा नेपाली फुटबलमा विरलै देख्न पाइने प्रयोग गरे । तर, त्यो सफल हुन सकेन । आयुशको ‘पेनेन्का’ प्रहारलाई ताहाले सहजै नियन्त्रणमा लिएपछि धनगढीले सनसनीपूर्ण जित निश्चित गर्‍यो ।

“त्यो स्थितीमा आयुशले जुन पेनाल्टी हाने, गोल हान्छु नै भनेर हानेका होलान् । तर, स्तरीय खेलाडीले कठिन अवस्थामा त्यस्तो पेनाल्टी हान्नुले पेनाल्टीलाई सहज रुपमा लिएको महसुस भयो । गोल भएको भए उनी हिरो हुन्थे । कति राम्रो गोल भन्थे होला सबैले । तर, त्यो नहुँदा लापरवाही गरेजस्तो देखियो,” आयुशले लिएको पेनाल्टीप्रति पोखराका प्रशिक्षक न्यौपाने सन्तुष्ट भने देखिएनन् ।

न्यौपानेले भनेजस्तो आयुशको त्यो पेनाल्टी गोल भएको भए उनी चर्चित हुन्थे । नहुन् पनि कसरी, आजसम्म नेपाली फुटबल सायदै कसैले त्यसरी ‘पेनेन्का’को प्रयोग गरेको होला ।

पेनाल्टीमा ‘पेनेन्का’ प्रहार गर्दा खेलाडीले शारीरिक बल प्रयोग गर्दैनन् । यसमा बललाई हल्का ‘चिप’ गरेर सोझै प्रहार गरिन्छ । पेनाल्टीमा गोलकिपरले पोस्टका दुई भागमध्ये एकतर्फ ‘डाइभ’ हान्दा ‘पेनेन्का’ सोझै निक्कै सुन्दर र सरल गोल देखिन्छ । सन् १९९७ को युरोपियन च्याम्पियनसिपको फाइनलमा पश्चिम जर्मनीविरुद्ध चेक गणतन्त्रका एन्टोनिन् पेनेन्काले पहिलो पटक यस्तो पेनाल्टी प्रहार गरेकाले यसको नाम ‘पेनेन्का’ रहन गएको हो ।

तर, सोमबार आयुशले लिएको यो चुनौती असफल बन्दा पहिलो क्वालिफायर जित्दै फाइनल पुग्ने पोखराको लक्ष्य पूरा हुन पाएन । हारका बावजुद पोखरा प्लेअफबाट बाहिरिसकेको भने छैन । पोखराले अब इलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको इलिमिनेटरमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी मंगलबार दशरथ रंगशालामै भिड्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

सम्बन्धित

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

कांग्रेसको ‘होम ड्यूटी’ रणनीति: ‘जहाँ जिम्मेवारी, त्यहीँ खटिने’

स्वास्थ्य बीमा ‘राष्ट्रिय गौरव’को बहस : गगन थापाको घोषणा, सम्भावना र चुनौती

म यसकारण ‘विचौलिया’ –डा मिनेन्द्र रिजाल (भिडियो वार्ता)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com