काठमाडौ ९ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले गृहमन्त्री नारायण काजी श्रेष्ठको आलोचना गरेका छन्। सोमबार बिहान नारायणघाट–बुटवल सडक खण्डमा पदयात्रामा निस्कनुअघि पत्रकारहरुसँग कुकानी गर्दै लामिछानेले देशको चौथो ठूलो दलको नेतामाथि प्रहार हुँदाखेरि गृह प्रशासनले कुनै चासो नदिएको भन्दै गृहमन्त्री श्रेष्ठको आलोचना गरेका हुन्।
उनले भने, ‘‘अहिले पनि उहाँहरूलाई के लाग्यो भने, सरकार फेरबदल हुन लागेको छ। योचाहिँ गृहमन्त्री हुन जान लाग्यो कि क्या हो, यसलाई त ठेल्नुपर्छ कि के होरु यसलाई थुन्नुपर्छ कि के होरु भन्ने सोच उहाँहरूलाई भएको होला। तपाईंको सरकार तपाईंलाई मुवारक म त्यो रेसमा पनि छैन। मलाई त्यसमा कुनै चासो छैन ।’ गृहमन्त्रीज्यू, तपाईं सम्हाल्नुहोस्। अहिले मात्र होइन बाँचुञ्जेल गृहमन्त्री खानुस्।
आफुलाई फसाउन गृह प्रशासनले षडयन्त्र गरिरहेको समेत लामिछानेको आशंका रहेको छ।








प्रतिक्रिया दिनुहोस्