ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको एक मन्दिरमा कसले लेख्यो भारतीय प्रधानमन्त्री मोदीविरुद्ध नारा ?


एबीसी न्यूज

काठमाडौं, ८ पौष । क्यालिफोर्नियास्थित स्वामीनारायण सम्प्रदायको मन्दिरमा भिन्द्रनवालेको समर्थन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नारा लेखिएको घटनाको अमेरिकाले निन्दा गरेको छ।

साथै अमेरिकाले घटनामा संलग्नलाई कारबाही गर्न स्थानीय प्रहरीले गरिरहेको प्रयासको स्वागत पनि गरेको छ।

अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियाली मामिलाको ब्युरोले सामाजिक सञ्जाल एक्समार्फत भनेको छ, ‘हामी क्यालिफोर्नियाको श्री स्वामीनारायण हिन्दू मन्दिरमा गरिएको अपमानको निन्दा गर्दछौँ। हामी जिम्मेवार नागरिकलाई जवाफेदही बनाउन नेवार्क प्रहरी विभागले गरिरहेको प्रयासको स्वागत गर्दछौँ।’

यसअघि भारतका विदेशमन्त्री एस जयशंकरले शनिबार गुजरातको एक विश्वविद्यालयको दीक्षान्त समारोहमा भनेका थिए, ‘मैले यो समाचार देखेको छु। हामी यसमा चिन्तित छौँ। चरमपन्थी र पृथकतावादी शक्तिहरूले भारत बाहिर स्थान पाउनुहुन्न। हाम्रो वाणिज्य दूतावासले त्यहाँ जे भएको छ, त्यस विषयमा अमेरिकी सरकार र त्यहाँको प्रहरीमा उजुरी गरेको छ। यस विषयमा अनुसन्धान भइरहेको छ।’

घटना के हो ?
नेवार्कस्थित श्री स्वामीनारायण मन्दिरको भित्ता र साइन बोर्डमा अपरेसन ब्लुस्टारमा मारिएका जर्नेल सिंह भिन्द्रनवालेको समर्थन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नारा लेखिएको पाइएको छ।

यसबारे अमेरिकी संगठन हिन्दू अमेरिकन फाउन्डेसनले आफ्नो ट्विटर ह्यान्डलमा लेखेको छ, ‘क्यालिफोर्नियाको नेवार्कमा रहेको स्वामिनारायण मन्दिरलाई खालिस्तान समर्थक नारा लगाएर विकृत गरिएको छ।’

‘नेवार्क पुलिस र न्याय विभागको नागरिक अधिकार डिभिजनलाई सूचित गरिएको छ र विस्तृत अनुसन्धान गर्नेछ। हामीले यो केसलाई घृणित अपराधका रूपमा अनुसन्धान गर्न जोड दिइरहेका छौँ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com