काठमाडौं, ८ पौष । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा तीन शीर्ष नेता बिच छलफल भएको छ । संक्रमणकालिन न्यायसम्बन्धी विषयमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बैठक बसेको हो ।
बालुवाटारमा शीर्ष नेताको छलफल, संक्रमणकालिन न्यायसम्बन्धी विषयमा सहमति जुटाउने प्रयास उक्त बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको पनि सहभागिता रहेको थियो ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा विचाराधीन अवस्थामा छ ।
उच्च राजनीतिक तहमा सहमति जुटाएर सो विधेयक आगामी संघीय संसद्को बैठकमा पारित गर्ने तयारी गरिएको छ । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ ।








प्रतिक्रिया दिनुहोस्