जनकपुरधाम, ८ पुस । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा गएराति आगजनी भएको छ । उपमेयर रेनुकुमारी महतो चढ्ने प्र२–००२–०००१झ०००५ नम्बरको बुलेरो गाडीमा आगजानी भएको हो ।
गौशाला नगरपालिका–१ रामनगरमा उपमेयरकै घरको दरबाजामा पार्किङ गरेर राखिएको गाडीमा राति २ बजेतिर अज्ञात व्यक्ति पेट्रोल छर्केर अगो लगाएका हुन् ।
समयमै थाहा पाएपछि घरपरिवार र स्थानीयले आगो निभाएपछि क्षति हुनबाटा जोगिएको हो ।इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले अज्ञात व्यक्तिले पेट्रोल छर्केर अगाजानी गरेको बताए ।उनका अनुसार आगलागी समयमै नियन्त्रण गर्दा पनि देब्रे छेउको गाडीको पछाडिको टायर र अगाडिको टायरमा क्षति पुगेको छ ।घटनास्थलबाट एकवटा दुई लिटरको पेट्रोल राख्ने बोतल बरामद भएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताए








प्रतिक्रिया दिनुहोस्