ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा इजरायलले हान्यो ‘२९ हजार’ बम : २० हजारजनाको मृत्यु, ५२ हजार घाइते


एबीसी न्यूज
पुस ५, २०८० बिहीबार  २ : २३ बजे

काठमाडौं, ५ पौष । इजरायलले गाजामा गरिरहेको आक्रमणमा ज्यान गुमाउनेको संख्या २० हजार नाघेको छ । अक्टोबर ७ मा हमासले इजरायलमाथि हमला गरेको थियो । त्यसको बदलामा इजरायलले गाजामा आक्रमण गरिरहेको छ ।

सातदिने युद्धविरामबाहेक द्वन्द्व सुरु भएदेखि हरेक दिन औसतमा ३०० जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका क्षेत्रीय आपत्कालीन निर्देशक रिचर्ड ब्रेनन यो तथ्यांक वास्तविक भएको विश्वास गर्छन् ।

इराक युद्ध, कोलम्बियाको गृहयुद्ध, कंगो युद्धजस्ता विश्वभरका द्वन्द्वमा ज्यान गुमाउनेको संख्या जाँचेका विज्ञ प्राध्यापक माइकल स्पागाटले गाजामा मृत्यु निकै उच्च भएको बताएका छन् । इजरायल र गाजाबीचको युद्धमा अहिलेको मृत्युदर हालसम्मकै उच्च भएको बताइएको छ ।

अक्टोबर ७ देखि डिसेम्बर २० सम्ममा गाँजामा आक्रमणमा परी २० हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । यो संख्या गाजाको करिब २२ लाख जनसंख्याको १ प्रतिशत हो । ज्यान गुमाउनेमा ७० प्रतिशत महिला र बालबालिका भएको बताइएको छ । डिसेम्बर २० सम्म घाइते हुनेको संख्या ५२ हजार ६०० भन्दा बढी छ ।

गाजा ४१ किलोमिटर लामो र १० किलोमिटर चौडाइ भूभाग हो । यहाँको जनसंख्याको घनत्त्व विश्वकै बाक्लो छ ।

गाजामा इजरायलले यो युद्ध सुरु भएयता करिब २९ हजार बम हानेको र तीमध्ये ४० देखि ४५ प्रतिशत अन्धाधुन्ध हानेको बताइएको छ । ती बम ४५ किलोदेखि ९०७ किलोग्रामसम्मका भएको बताइएको छ । बीबीसीबाट ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

एक सातापछि काठमाडौं फर्किए ओली

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com