काठमाडौं, ५ पुस । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न लागेको विमानको आकस्मिक ढोका खुलेपछि उडान रोकिएको छ ।मङ्गलवार बिहान एक यात्रुले बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेपछि उडान रोकिएको हो ।
उडान नं. ६५२ का जहाजको इमर्जेन्सी ढोका यात्रुबाट के कति कारणले खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझ्दै गरेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए ।‘के कति कारणले खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझ्दै छन् ।
इमर्जेन्सी डोरका सिटमा बस्ने यात्रुलाई हाम्रा विमान परिचारिकाले हरेक उडानमा यसबारे ब्रिफिङ गरेका हुन्छन्,’ उनले भने, ‘हाम्रा प्राविधिक टोलीले जहाजको चेकजाँच गर्दैछन् । यात्रुलाई अर्को जहाजबाट काठमाडौं ल्याउन लागिएको छ ।’ विमानस्थलकी प्रवक्ता जसोदा रेग्मीले यात्रुले झुक्किएर ढोका खेलिएको बताइन् । मैले उहाँम्याग्दीका भीम परियार लाई पनि सोधे । उहाँले झुक्किएर खुट्टाले खुल्न गएको भनेर भन्नुभयो,’ उनले भनिन्, उहाँलाई के गर्ने भन्नेबारे छलफल गरिरहेका छौँ ।’ ग्राउन्डमै उड्ने क्रममा ढोका खुलेको र बुद्ध एयरसँगको छलफलपछि विमान उडान सुरु हुने प्रवक्ता रेग्मीले सुनाइन् ।








प्रतिक्रिया दिनुहोस्