काठमाडौं, १ पौष । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति १२ राजनीतिक दल दर्ता गरिएको छ । निर्वाचन आयोगले ती दललाई निर्वाचन चिह्न पनि प्रदान गरेको छ ।
आउँदो माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदै छ । त्यसका निम्ति दर्ता गरिएका दलहरूलाई चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।
दर्ता भएका दलहरूका लागि संवत् २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी निर्वाचन चिह्न प्रदान गरिएको छ,” आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आयोगले नेकपा ९एमाले०लाई सूर्य, नेपाली कांग्रेसलाई रुख, नेकपा माओवादी केन्द्रलाई गोलाकारभित्रको हँसिया हथौडा, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लाई हलो, जनता समाजवादी पार्टी ९जसपा०, नेपाललाई ढल्केको छाता निर्वाचन चिह्न प्रदान गरेको छ ।
यस्तै, जनमत पार्टीलाई लाउड स्पिकर, नेकपा ९एकीकृत समाजवादी०लाई कलम, नागरिक उन्मुक्ति पार्टीलाई पिँध भएको सादा ढकिया, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपाललाई साइकल, नेपाल मजदुर किसान पार्टी नेमकिपालाई मादल, राष्ट्रिय जनमोर्चालाई गिलास र नेपाल समाजवादी पार्टीलाई खुलेको आँखा चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्