ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सेतो कपडा’ देखाउँदा देखाउँदै मारिए तीन बन्धक


एबीसी न्यूज
पुस १, २०८० आईतबार  ३ : १६ बजे

काठमाडौं, १ पौष । तीन इजरायली बन्धकले सेतो कपडा देखाउँदा देखाउँदै इजरायली सेनाद्वारा ‘गल्ती’ ले मारिएको एक सैन्य अधिकारीले बताएका छन् । यो घटना आफ्नो कारबाहीको नियमविरुद्ध रहेको बताउँदै ती अधिकारीले ‘उच्च तह’ मा यसको छानबिन भइरहेको बताएका हुन् ।

मृत्यु हुनेमा २८ वर्षीय योतम खैम, २२ वर्षीय समेर तलालका र २६ वर्षीय एलोन शमरिज रहेका छन् । सेनाले गाजाको उत्तरमा रहेको शेजैयामा तीनै जनाको मृत्यु भएको बताएको छ। इजरायलमा हमासले अक्टोबर ७ मा हमला गरेको थियो र त्यसले २०० भन्दा बढी मानिसलाई बन्धक बनाएर गाजा फर्काएको थियो । हमासले अस्थायी युद्धविरामका दौरान दर्जनौँ बन्धकहरूलाई रिहा गरे पनि तिनीहरूसँग अझै पनि १ सयभन्दा बढी बन्धकहरू छन्।

सैन्य कारबाहीमा इजरायली बन्धक मारिएपछि इजरायली अधिकारीहरुमाथि बाँकी बन्धकहरुलाई छुटाउनका लागि हमाससँग नयाँ सम्झौताका लागि दबाब बढेको छ । घटनाको जानकारी पाएलगत्तै इजरायली सहर तेल अभीभमा सयौं मानिस भेला भए र सहरमा रहेको सैन्य अखडातर्फ मार्च गरेका थिए । आन्दोलनकारीले बाँकी बन्धकहरुको रिहाइका लागि सरकारसँग सम्झौता गर्न माग गरेका छन् ।

यता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाबाट हमासलाई हटाएपछि त्यहाँ प्यालेस्टाइनी प्राधिकरणलाई नियन्त्रण गर्न नदिने बताएका छन् ।नेतान्याहुले हाम्रो सबैभन्दा बलियो सहयोगी अमेरिकाको चाहनाको बाबजुद इजरायलले ‘हमस्तान’लाई ‘फतहिस्तान’मा परिणत हुन नदिने बताए ।

प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमुद अब्बासको नेतृत्वमा रहेको फतह पार्टी वेस्ट बैंकमा सरकारमा छ। इजरायली अखबार टाइम्स अफ इजरायलका अनुसार उनले गाजामा ‘नागरिक सरकार’ रहने बताए, जसले आफ्ना बालबालिकालाई ‘इजरायललाई नष्ट’ गर्न सिकाउँदैन।

एक सर्वेक्षणलाई उद्धृत गर्दै नेतान्याहुले प्यालेस्टाइनी अथोरिटीको कब्जामा रहेको प्यालेस्टाइन क्षेत्र ‘वेस्ट बैंक’का ८२ प्रतिशत जनताले अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणलाई जायज ठहर गरेको बताए । उनले युद्ध समाप्त भएपछि इजरायली सेनाले गाजाको सुरक्षाको जिम्मेवारी लिने बताए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

एक सातापछि काठमाडौं फर्किए ओली

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com