ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवविनयुक्त उपाध्यक्ष ल्हारक्यालले शुरु गरे कोभिडपछि रोकिएको विश्वशान्ति धाम निर्माणको काम


ABC NEWS
मंसिर ३०, २०८० शनिबार   ७ : ०६   बजे

रुपन्देही ३०मंसीर । । कोरोना महामारीअघि बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण थालेर रोकिएको विश्वशान्ति धामको निर्माण कार्य पुनः सुरुवात भएको छ ।

विश्व शान्ति धाम निर्माणमा सक्रिय महागुरु श्याल्पा तेन्जिग रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामा, अमेरिकन दूतावासका प्रवक्ता जेहरा नाक्वीले शनिवार ढुंगा बिच्छाएर धाम निर्माणको पुन सुरुवात गरेका हुन् । उनीहरुले सुरुवात गरेपछि कार्यक्रममा सहभागीले पालैपालो श्रमदानमा सहभागी भएका थिए ।

कार्यक्रममा गुरु रिन्पोछेले कोभिडअघि निर्माण सुरु गरेको रोकिएको काम पुनः सुरुवात गरिएको र यसले विश्वभरका शान्ति चाहनेलाई लुम्बिनी आउने र यहाँ लगानी गर्ने प्रेरणा दिने बताए । नेपाल भौतिक रुपमा कमजोर भएपनि संसारको सबै भन्दा धनी हुने श्रोत रहेको भन्दै त्यसलाई उपयोग गर्नुपर्ने धारणा राखे ।

करोडौं विदेशीहरु बुद्धको धर्मको लागि ललायित भएको भन्दै उनले यसबाट नेपालले ठूलो आर्थिक लाभ लिनसक्ने उनले बताए । उनले विश्वमा बढ्दै गएको अशान्तिले पनि बुद्ध दर्शनको महत्व बढ्दै गएकाले शान्तिको स्रोतका रुपमा यसलाई विकास गर्नुपर्ने धारणा राखेका थिए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले निर्माण हुन लागेको विश्व शान्ति धामले लुम्बिनीलाई अन्तराष्ट्रियकरण गर्न ठूलो सघाउ पुर्याउने उल्लेख गरे । यो आयोजना लुम्बिनीको लागि मात्र नभई संसारकै लागि शान्तिको प्रतिक बन्ने उनको भनाइ छ । लामाले यस्ता आयोजना सम्पन्न गर्न सजिलो नभएको भन्दै बुद्धधर्मप्रति आस्था राख्नेहरुको सहयोगबाट यो निर्माण हुने बताए ।

नेपालको लागि अमेरिकन राजदूतावासकी प्रवक्ता जेहरा नाक्वीले अमेरिकी नागरिकहरुलाई लुम्बिनीको ऐतिहासिकता र बुद्ध धर्मको महत्वबारे बुझ्न सघाउ पुर्याएको उल्लेख गरिन् । विभिन्न विश्वास र धर्मका मानिसबीच करुणा र मेलमिलाप ल्याउन बुद्धका दर्शन र उपदेशको महत्व रहेको उनको भनाइ छ ।

कार्यक्रममा पाटाका अध्यक्ष सुनिल शाक्य, गुरु रिन्पोचेका अनुयायी तथा अन्तर्र्राष्ट्रिय अभियान्ता माइकल संङ्ग र जेम्स स्टरलिंक लगायतले बोल्दै विश्व शान्तिधाम निर्माणले बुद्ध धर्म र दर्शनको महत्व अझ बढ्ने उल्लेख गरे ।

३४ सय वर्गमिटर क्षेत्रफलमा र ४४ मिटर उचाइको विश्व शान्ति धाम ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group